ग्रेट सोलुसनको आयोजनामा एसिओ सेमिनार सम्पन्न

Share It On:

आइटि फेडेरेसन अफ नेपाल र ग्रेट सोलुसनको आयोजना र एससिओ स्पेसलिस्ट नेपालको सहकार्यमा काठमाडौँमा एकदिने एसिओ सेमिनार सम्पन्न भएको छ । ग्रेट सोलुसनको कार्यालय सिनामंगलमा सम्पन्न सो कार्यक्रममा आइसीटी फ्रेमले मिडिया साझेदारी गरेको थियो ।

३० जना आइटी र अन्य बिसयमा अध्ययन गरिरहेका बिद्यार्थीहरुलाई आइटी र एसको भविष्य साथै अनलाइनबाट काम गर्ने तरिका, एसइओ को हाल बजारको अवस्था, ट्रेनिंग पश्चात पाउने अवसर र वेबका विभिन्न टुल्सका बारेमा नेपालमा बिगत ८ वर्षभन्दा बढी एसईओ काम गर्दै आउनु भएका एक्स्पर्ट प्रकाश खतिवडाले सहजीकरण गर्नुभएको थियो । छोटो समयमा सिक्न सकिने एसइओ कोर्स हाल नेपालमा एक लोकप्रिय बिसय र काम पाउने सहज कोर्स बनेको छ । “सिमित व्यक्ति तथा कम्पनीले तालिम दिने यो बिसय नेपालमा भर्खरै मात्र स्थापित हुन बामे सर्दै आएको छ एस्तो अवस्थामा ग्रेट सोलुसनले जुन यो सेमिनार राख्यो एसको आयोजकलाइ हार्दिक धन्यबाद दिन चाहन्छौ”, कार्यक्रममा सहभागी निश्चल लामाले भने। कार्यक्रम आयोजक राजु कुसुवाहाले भने, “आगामी दिनमा ग्रेट सोलुसनले दक्ष व्यक्तिहरुको सहकार्यमा यस्ता जिबन उपयोगी र आइटी संग सम्बन्धित र अन्य बिद्यार्थीलाइ समेट्न सकिने सेमिनार तथा गोष्ठी आयोजना हुनेछ “।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *