फेसबुक अकाउन्ट ‘ह्याक’ भएको चौतर्फी गुनासो,

सामाजिक सञ्जालका धेरै प्रयोगकर्ताहरु आफ्नो फेसबुक ‘ह्याक’ भएको गुनासो गरिरहेका छन् । अकाउन्टमा भइरहेको गडबडीको बारेमा स्पष्ट जानकारी नहुँदा धेरै व्यक्तिहरुलाई लागेको छ कि उनीहरुको अकाउन्ट ह्याक गर्ने प्रयास भइरहेको छ । तर, फेसबुकको भनाइमा यो प्राविधिक कारणले भएको हो ।खासमा जसले यो समस्या भोगिरहेका छन् उनीहरुको अकाउन्ट आफसेआफ लग आउट भएको हुन्छ र फेरि लग इन गर्ने प्रयास गर्दा खुल्दैन । यसबाट उनीहरुलाई अकाउन्ट ह्याक भएको जस्तो लाग्छ ।

केही व्यक्तिहरुलाई उनीहरुको अकाउन्ट कसैले लग इन गर्ने प्रयास गरिरहेको सन्देश पनि आयो । यदि तपाईंलाई पनि यस्तो सन्देश आएको छ भने यो फेसबुक प्रणालीमा आएको गडबडीले गर्दा भएको हो भनेर बुझ्नुस् । प्रविधिसम्वन्धी वेबसाइट ‘द नेक्स्ट वेब’ का अनुसार फेसबुकले हालै एक विज्ञप्ति जारी गरि यो गडबडीलाई सुधार गरिएको जानकारी दिएको छ । फेसबुकले भनेको छ, ‘आज हाम्रो संदिग्ध लग इनलाई रोक्ने प्रणालीमा आएको एउटा गडबडीका कारणले केही प्रयोगकर्ताले अकाउन्ट रिकभरी प्रक्रियामा जानुपर्‍यो । यस त्रुटीलाई सुधार गरिएको छ र प्रभावित अकाउन्टलाई ठीक गरिँदै छ । असुविधाको लागि क्षमा माग्छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here