२ लाख ५४ हजार ३ सय ८५ जनाद्वारा क्यान ईन्फोटेकको अवलोकन, आज अन्तिम दिन

२ लाख ५४ हजार ३ सय ८५ जनाद्वारा क्यान ईन्फोटेकको अवलोकन हिजो मात्रै ४७ हजार ३ सय २७ जना अवलोकनकर्ता, आज अन्तिम दिन.

काठमाडौंको भृकुटीमण्डपमा जारी २३औं संस्करणको ‘सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ’ मा हिजो पनि अवलोकनकर्ताहरुको बाक्लो सहभागिता रह्यो । प्रदर्शनीमा हिजो पाँचौ दिन ४७ हजार ३ सय २७ जनाले ईन्फोटेकको अवलोकन गरेका छन् । हिजो सम्म २ लाख ५४ हजार ३ सय ८५ जनाले मेलाको अवलोकन गरिसकेका छन् ।
हिजो पनि विभिन्न विशिष्ट व्यक्तिहरुले मेलाको अवलोकन गर्नुभएको छ । हिजो माननीय मन्त्री डा. प्रकाश शरण महतज्यू, परराष्ट्र मन्त्रालय, माननीय मन्त्री जयदेव जोशीज्यू, जनसङ्ख्या तथा वातावरण मन्त्रालय, माननीय सभासद उदय शमशेर राणाज्यू लगायतले इन्फोटेकको अवलोकन गर्नुभयो ।
जारी इन्फोटेकमा सहभागी कम्पनी तथा डिष्ट्रिब्युसनहरुले ब्रान्डिङका साथै प्रडक्ट सेल्स र सर्भिसमा पनि प्रचारप्रसार गरिरहेका छन् । साथै उपहार तथा अफरहरु सार्वजनिक गर्ने क्रम आज पनि जारी रह्यो । कतिपय कम्पनीहरुले अघिल्लो दिनहरुका भन्दा भारी छुट तथा आकर्षक अफरहरु घोषणा गरेका छन् । सबैभन्दा बढी आकर्षण स्मार्टफोन कम्पनी, इन्टरनेट सेवाप्रदायक र नेटवर्किङ प्रडक्टका स्टल देखिएको छ ।
यसैगरी डिजिटल टिभी, स्मार्ट टिभी, ल्यापटप, प्रिन्टर तथा कम्प्युटर एसेसोरिजहरुमा पनि कम्पनीहरुले आकर्षक अफर घोषणा गरेका छन् । इन्फोटेकको शीर्ष प्रायोजक सुबिसुले प्रदर्शनीमा ल्याएको इन्टरनेट र क्लियर टिभीको जम्बो अफरमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । सुबिस–ले मात्रै रु. ७,९९९ मा यो अफर ल्याएको छ । त्यसैगरी एशोसिएट स्पोन्सर सामसुङले इन्फोटेकमा ६ जिबी र्याम भएको सी ९ प्रो, ग्यालेक्सी अन सेभेन प्रो र जे २ एस मोबाइलको पनि विशेष छुटसहित प्रदर्शनी भइरहेको छ । यी नयाँ स्मार्टफोनबाहेक जे फाइभ, जे सेभेनलगायतका स्मार्ट मोडल पनि छुटमा उपलब्ध गराइएको छ । यसैगरी हुवावे र लेनोभोले स्मार्टफोनमा ४० प्रतिशतसम्म स्मार्टफोन छुटमा दिइरहेको छ । संसारकै सानो मोबाइल, पावरबैंकबाट चल्ने टिभी, इलेक्ट्रोनिक स्कुटरले इन्फोटेकको माहोललाई अझै आकर्षण बनाएको छ ।
इन्फोटेकमा साओमी, इनफोकस, जोप्पो, सोनी, ओप्पो, मेइजु, विनिकर्न, माइक्रोम्याक्स, लिएगोलगायतका स्मार्टफोनमा अवलोकनकर्तालाई भारी छुट दिइएको छ । मोबाइलबाहेक राउटर, प्रिन्टर, ल्यापटफ प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, एन्टिभाइरसहरु, मेमोरी कार्ड, पेनड्राइभ मा पनि विभिन्न छुट र अफर दिइएको छ । नेटिस राउटर र डिजिकमले प्रडक्टमा भारी छुट र उपहार दिनुका साथै रिसेलर अफर पनि सार्वजनिक गरेका छन् ।
त्यसैगरी जारी इन्फोटेकमा सफ्टवेयर, सर्भिस तथा ट्रेनिङको क्षेत्रमा काम गर्ने सहभागी कम्पनीहरुले पनि अवलोकनकर्तालाई छुट र आकर्षक अफर दिएका छन् । यसैगरी ससना मूल्यका आइटी एसेसोरिजमा पनि भीड लागेको छ ।
हिजो सोमबार क्यान महासंघले बिजनेश डे घोषणा गरेको थियो । यस अवसरमा बिजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनकोे लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्षरुपमा बिजनेश डिल गरेका छन् ।
रेडक्रस सितापाइला उपशाखाको आयोजनामा इन्फोटेकस्थलमा रक्तदान कार्यक्रम पनि आयोजना भैरहेको छ । कार्यक्रममार्फत हिजो सम्म २६१ पिन्ट रगत संकलन भैसकेको संयोजकले जानकारी दिनुभयो ।
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायत गरी १५८ कम्पनीका २२२ स्टल रहेका छन । सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोधसहितको नामावलीका आधारमा विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । ईन्फोटेक भोलिसम्म चल्ने छ ।

१७ औ सुबिसु क्यान आइसीटी सम्मेलन २०१७ ईन एशोसिएशन विथ सामसुङ सम्पन्न
राजधानीमा आईतवारदेखि जारी १७आंै सुबिसु क्यान आइसीटी सम्मेलन २०१७ ईन एशोसिएशन विथ सामसुङ सम्पन्न भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघको आयोजना हरेक वर्ष हँदै आएकोे सम्मेलनमा यसपटक ‘दिगो विकासका लागि आइसिटी’ विषयमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नृका साथै शिक्षा क्षेत्र, व्यवसायी र व्यवस्थापिकाका सांसदहरुबीच प्यानल डिस्कसनसमेत गराइएको छ । सम्मेलनमा दिगो विकासका लागि विभिन्न सब टपिकहरु स्मार्ट कृषि, स्मार्ट स्वास्थ्य, स्मार्ट शिक्षा, र स्मार्ट पर्यटन रहेका थिए ।
सूचना तथा संचार मन्त्री सुरेन्द्र कार्कीले उद्धघाटन गर्नुभएको सम्मेलनमा नेपालसहित, जर्मनी, कोरिया, भारतलगायतका विषयविज्ञहरुसहित करिव १२० जना सहभागि थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here