काभ्रेमा स्मार्ट सिटिको विकास गर्न सबैको एक्यवद्धता

काभ्रे— धुलिखेल, बनेपा र पनौतिलाई स्र्माट सिटिका रुपमा विकास गर्न सरोकारवाला सबैले एैक्यवद्धता जनाएका छन् । बनेपाको चण्डेश्वरी पार्कमा आयोजना गरिएको कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) काभ्रेको १२ औं साधारण सभा तथा वनभोज कार्यक्रममा विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका वक्ताहरुले काभ्रेमा स्मार्ट सिटिका रुपमा विकास गर्नु पर्नेमा जोड समेत दिएका छन् ।

can-kavre

कार्यक्रममा काभ्रे क्षेत्र नं ३ का सभासद कञ्चनचन्द्र वादे श्रेष्ठले आईटिपार्क बनाउन तत्कालिन समयमा बनेपा नगरपालिकाको नेतृत्व तहमा रहिरहँदा ठुलो दुः ख गरेको स्मरण गर्दै आईटिपार्क अझै सञ्चालनमा आउन नसकेको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । उनले आईटि पार्क संचालन गर्न र स्मार्ट सिटिको रुपमा काभ्रेलाई अगाडि बढाउनको लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष सुरकृष्ण वैद्यले उद्योग तथा व्यवसायिहरुको तर्फबाट काभ्रेमा स्मार्ट सिटि बनाउन र आईटिपार्क संचालन गर्ने सवालमा कुनै पनि किसिमको सहयोग गर्न आफुहरु तयार रहेका बताएका छन् ।

क्यान महासंघ नेपालका अध्यक्ष ई. विनोद ढकालले आईटिपार्क संचालन गर्न क्यान महासंघलाई दिन सरकार सँग पटक पटक अनुमति माग्दा सम्म पनि सरकारले वेवास्ता गरेको बताए उनले क्यान महासंघलाई आईटिपार्क संचालन गर्ने जिम्मा दिने हो भने एक महिना भित्र पूर्ण रुपमा संचालन गर्ने प्रतिबद्धता समेत दोहोराए ।
कार्यक्रममा बनेपा नगरपालिकाका कार्यकारी अधिकृत महेश पराजुली, क्यान महासंघका प्रथम उपाध्याक्ष हेमन्त चौरासिया, क्यान महासंघका केन्द्रिय सदस्य तथा मध्यमाञ्चल प्रतिनिधि एवं क्यान काभ्रेका पूर्व अध्यक्ष शेखरनाथ दुलाल, निवर्तमान अध्यक्ष कैलाश पलाञ्चोकले काभ्रेमा स्मार्ट सिटिको विकास गर्नुपर्ने र आटिपार्कलाई संचालनमा ल्याउँदा समग्र देशमा पर्न जाने सकारात्मक पक्षको बारेमा आफ्नो धारण प्रस्तुत गर्दै शुभकामना मन्तव्य राखेका थिए ।

क्यान महासंघ काभ्रेका अध्यक्ष नवराज भुर्तेलको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा कोषाध्यक्ष विकास पन्तले आर्थिक वर्ष ०७२÷७३ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने क्यान महासंघ काभ्रेका सचिव ऋषिराम गौतमले आर्थिक वर्ष ०७२÷७३ सालमा गरेको प्रगति विवरण तथा भावि कार्य योजना प्रस्तुत गरेका थिए ।

Source: http://www.palpalko.com/?p=15065