क्यान महासंघ काभ्रे को १२ औं साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न

क्यान महासंघ काभ्रे को १२ औं साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न

कार्यक्रमका विशेष अतिथि काभ्रे क्षेत्र नं ३ का ब्यवस्थापिका संसद  कञ्चनचन्द्र वादे श्रेष्ठले आईटिपार्क बनाउन तत्कालिन समयमा बनेपा नगरपालिकाको नेतृत्व तहमा रहिरहँदा ठुलो दुः ख गरेको स्मरण गर्दै आईटिपार्क अझै सञ्चालनमा आउन नसकेको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । उनले आईटि पार्क संचालन गर्न र स्मार्ट सिटिको रुपमा काभ्रेलाई अगाडि बढाउनको लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसै गरी कार्यक्रमका अर्का विशेष अतिथि काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष सुरकृष्ण वैद्यले उद्योग तथा व्यवसायिहरुको तर्फबाट काभ्रेमा स्मार्ट सिटि बनाउन र आईटिपार्क संचालन गर्ने सवालमा कुनै पनि किसिमको सहयोग गर्न आफुहरु तयार रहेका बताएका छन् ।

कार्यक्रममा बनेपा नगरपालिकाका कार्यकारी अधिकृत महेश पराजुली, क्यान महासंघका प्रथम उपाध्याक्ष हेमन्त चौरासिया, क्यान महासंघका केन्द्रिय सदस्य तथा मध्यमाञ्चल प्रतिनिधि एवं क्यान काभ्रेका पूर्व अध्यक्ष शेखरनाथ दुलाल, निवर्तमान अध्यक्ष कैलाश पलाञ्चोकले काभ्रेमा स्मार्ट सिटिको विकास गर्नुपर्ने र आटिपार्कलाई संचालनमा ल्याउँदा समग्र देशमा पर्न जाने सकारात्मक पक्षको बारेमा आफ्नो धारण प्रस्तुत गर्दै शुभकामना मन्तव्य राखेका थिए । साधारण सभा संस्थाका उपाध्यक्ष बिष्णु भक्त श्रेष्ठले अतिथि एवं सदस्य हरूलाई स्वागत गर्दै सुरु भएर कोषाध्यक्ष विकास पन्तको आर्थिक वर्ष ०७२-७३ को आर्थिक प्रतिवेदन ,सचिव ऋषिराम गौतमको आर्थिक वर्ष ०७२-७३ सालमा गरेको प्रगति विवरण तथा भावि कार्य योजना पास गर्दै सम्पन्न भएको थियो ।