सोसल मिडियाको सही प्रयोग विषयक अन्तरक्रिया हुने

 हार्दिक निमन्त्रणा ! #हार्दिक निमन्त्रणा !! #हार्दिक निमन्त्रणा !!!
आइसिटी_अवार्ड_सम्मान_२०१६ गरिने जानकारी बारे ।

ict-award-2016
आइसिटी पत्रकार मञ्चको छैटौं वार्षिकोत्सवको अवसरमा सोसल मिडियाको सही प्रयोग विषयक अन्तरक्रिया र सम्मान कार्यक्रम २०१६ कार्यक्रम तपशील बमोजिम हुने भएकोले उक्त कार्यक्रममा यहाँको गरिमामय उपस्थितीको लागि हार्दिक निमन्त्रण गर्दछौं । आयोजित कार्यक्रममा उज्यालो नेपालका लागि लोडसेडिङमुक्त व्यवस्थापन र अभियानमा अहोरात्र खटिइनुभएका नेपाल बिद्युत प्राधिकरणका कार्यकारी अधिकृत श्री कुलमान घिसिङलाई अभिनन्दन तथा आइसिटी अवार्ड सम्मान २०१६ द्धारा सम्मानित गरिनेछ भने संस्थाले हरेक वर्ष गर्दै आएको एक दशकभन्दा लामो समयदेखि आइसिटी, पत्रकारीता, खेलकुद, मानवअधिकार, सामाजिक, पर्यटन लगायतका विविध क्षेत्रमा योगदान पु¥याउनुहुने व्यक्तित्वहरुलाई आइसिटी सम्मान समेत प्रदान गरिनेछ । साथै इन्टरनेट र स्मार्टफोनको सहज पहुँचले सामाजिक सञ्जालको प्रयोगलाई कसरी मर्यादित र सूचनामुलक बनाउने भन्ने गहन विषयको रुपमा सोसल मिडियाको सही प्रयोग बारे अन्तरक्रिया समेत हुनेछ ।
प्रमुख अतिथि : प्रकाशमान_सिंह
पूर्व उपप्रधानमन्त्री तथा पूर्व महामन्त्री नेपाली कँग्रेस
विशष्टि अतिथि : इन्द्रबहादुर_बानियाँ, राज्यमन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्यान
कार्यक्रम_तालिका
मिति : २०७३ पौष २ गते शनिबार
स्थान : नेपाल पर्यटन बोर्ड हल, भृकुटीमण्डप काठमाडौं
समय : दिनको २.०० बजे
अतिथिहरु: वोर्ण बहादुर कार्की अध्यक्ष प्रेस काउन्सिल नेपाल, बीरेन्द्र कुमार मिश्र, महानिर्देशक सूचना प्रविधि बिभाग, आनन्दराज खनाल निर्देशक नेपाल दूरसञ्चार प्राधिकरण, सर्वेन्द्र खनाल, प्रमुख महानगरीय अपराध महाशाखा विश्व बलामी महासचिव क्यान महासंघ लगायतका आइटी तथा सामाजिक संघ संस्थाका प्रमुखहरु