सामाजिक संजाल कम्पनी फेसबुकले मुद्दा जित्यो,

सामाजिक संजाल कम्पनी फेसबुकले अाफ्नो नामको ट्रेडमार्क मुद्दा जितेको छ। चीनको बेजिङस्थित एक पेय पदार्थ कम्पनीले आफ्नो उत्पादनको नाम फेसबुक राखेपछि सामाजिक संजाल कम्पनी फेसबुकले उक्त मुद्दा दायर गरेको थियो। यसै मुद्दमा हालै बेजिङको एक अदालतले सामाजिक संजाल फेसबुकको पक्षमा फैसला सुनाएको अन्तर्राष्ट्रिय समाचार माध्यामले जनाएका छन्।

चीनमा सन् २००९ देखि फेसबुकमा प्रतिबन्ध लगाइएको थियो। पेय पदार्थ उत्पादक कम्पनीले भने सन् २०११ मा  ‘फेस बुक’ ट्रेडमार्क लिएको बताएको छ। तर अदालतले भने उक्त कम्पनीले ट्रेडमार्कको नक्कल गरेर नैतिक सिद्धान्त उल्लङ्घन गरेको जनाएको छ।