पासवर्ड बारम्बार परिबर्तन गरेमा ह्याकिंगको खतरा

अकाउन्ट सुरक्षित गर्ने आकांक्षामा बारम्बार पासवर्ड बदलिरहनु झनै खतरनाक हुनसक्छ र यसले उल्टै ह्याकिंगको जोखिम बढाउँदछ ।त्यसैले तपाइँ आफ्नो इन्टरनेट अकाउन्टहरुका पासवर्ड छिटो छिटो बदलिरहनुहुन्छ भने सावधान रहनुहोस । एक सुरक्षित पासवर्ड, जुन सजिलैसँग सम्झिन पनि सकियोस, त्यो सिर्जना गर्नु निकै गाह्रो काम नै हो ।

बेलायत सरकारको इन्टेलिजेन्स नेटवर्कस्थित संचार मुख्यालयका साइबर विशेषज्ञहरुका अनुसार यदि तपाइँले पटक पटक आफ्नो अकाउन्टको पासवर्ड बदल्नुहुन्न भने त्यस्तो अकाउन्ट बढि सुरक्षित हुन्छ र तपाइँलाई ह्याकर्सबाट बचाउँदछ । विज्ञ भन्छन्: अज्ञात भयको सिकार भएर प्रयोगकर्ताहरुले लगातार आफ्नो पासवर्ड बदल्छन् । तर जति छिटोछिटो तपाइँ आफ्नो पासवर्ड बदल्नुहुन्छ जोखिम उत्ति नै बढिरहेको हुन्छ ।

तर धेरै वेबसाइटको पासवर्ड नीति पनि यो हुन्छ की उनीहरु आफ्ना प्रयोगकर्तालाई उनीहरुको पासवर्ड छिटो छिटो बदल्न जोड दिइरहेका हुन्छन् । जसका कारण यसअघिको पासवर्डसँग सम्बन्धित सबै सूचनाहरु काम नलाग्ने बन्दछन् र प्रयोगकर्तालाई सधै सुरक्षाको चिन्ताले सताउँदछ । विशेषज्ञका अनुसार धेरैजसो वेबसाइटहरु प्रयोगकर्तालाई यस्ता पासवर्ड राख्न जोड गर्छन् जुन सजिलै सम्भिन सकून् । तर यसको फाइदा साइबर आक्रमणकारीले उठाउने गरेका छन् । किनकी नयाँ नयाँ पासवर्ड प्रयोगकर्ताले भुल्ने सम्भावना बढि हुन्छ । यस्तो अवस्थामा कहिलेकाहीँ अकाउन्ट नै लक हुने जोखिम पनि हुन्छ ।

एजेन्सीको सहयोगमा