राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तारको क्रममा कैलाली र कास्कीमा थप दुईवटा नयाँ शाखा खोली कारोबार शुभारम्भ गरेको छ ।

कास्की जिल्लाको पोखरा महानगरपालिकापालिका स्थित लेकसाईड र कैलाली जिल्लाको धनगढी उप महानगरपालिकापालिका स्थित क्याम्पसचोक शाखाको कारोबार शुभारम्भ गरिएको हो ।

हाल बैंकको ७४ जिल्लामा २१२ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।यसपछी बैंकको शाखा कार्यालयहरुको संख्या २१२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here