जनता बैंकले सबै प्रदेशमा प्रादेशिक कार्यालय खोल्यो

Janata Bank Limited

यस बैंकले आजबाट देशको सबै ७ओटै प्रदेशमा एक साथ प्रादेशिक कार्यालय संचालनमा ल्याएको छ । प्रदेश १ को ट्रफिक चोक, बिराटनगर, प्रदेश २ को भानु चोक, जनकपुर, प्रदेश ३ को स्कूल रोड, हेटौडा, गण्डकी प्रदेशको न्यूरोड पोखरा, प्रदेश ५ को हस्पिटल लाइन, बुटवल, कर्णाली प्रदेशको बिरेन्द्र चोक सुर्खेत र सुदुरपश्चिम प्रदेशको चटकपुर, धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरी संचालनमा ल्याइएको हो । प्रादेशिक कार्यालयले प्रदेशका निकायहरुसंग समन्वय गर्ने तथा प्रदेशमा रहेका यस बैंकका शाखा कार्यालयहरुको अनुगमन गर्नेछ । प्रादेशिक कार्यालयको स्थापनाबाट बैंकको सेवा प्रवाह अभm स्तरीय तथा सरल हुने विश्वास लिईएको छ । स्थापना भएका प्रादेशिक कार्यालयहरुलाई क्रमिक रुपमा शशक्त बनाउन साधन श्रोत थप गरीदै लगिने छ ।
बैकको पूर्व मेची देखी पश्चिम महाकाली सम्म ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटीने गरी हाल १२९ शाखा, ५० शाखा रहित बैकिग केन्द्र, ७९ एटीएम, २ सिमित्त बैंकिङ इकाई र २ एक्स्टेनसनकाउन्टर सञ्चालनमा रहेकाछन् । बैंकले आगामी दिनमा आफ्नो शाखा संजाल बिस्तार गर्दै देश भरी नै शशक्त उपस्थिति जनाउने योजना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here