यो वर्ष ग्रहणका अनौठा दृश्य देख्न सकिने

काठमाडौं । 

सूर्य, पृथ्वी र चन्द्रमाको त्रिमुर्तिले यो वर्ष पाँच रोमाञ्चक दृश्य देखाउने छ । जम्मा दुईवटा घटना नेपालबाट देखिने अनुमान गरिएको छ ।डॉ‍ राजेंद्र प्रकाश गुप्तले हन्द क्षेत्रको सन्दर्भमा गरेको कालगणना अनुसार यो वर्ष ग्रहणहरुको क्रम नौ मार्चका दिन पर्ने सूर्यग्रहणबाट सुरु हुने छ र पहिलाे ग्रहण नेपालको पूर्वी क्षेत्रबाट आंशिकरुपमा देखिने छ ।

ग्रहण लागेको बेला पृथ्वीको छायाको सानो भाग भएर चन्द्रमा गएपछि उपच्छाया चन्द्रग्रहण लाग्ने गर्दछ । २३ मार्चका दिन उपच्छाया चन्द्रग्रहण लाग्नेछ । सूर्च, पृथ्वी र चन्द्रमाको लुकामारीको यो राेमान्चक दृश्य भने नेपालमा देखिने छैन । यो बेला चन्द्रमा पर्ने सूयको प्रकाश आंशिकरुपमा काटिएको प्रतीत हुन्छ । ग्रहणलाई चन्द्रमा पर्ने धुमिल छायाको रुपमा देख्न सकिन्छ ।

त्यस्तै १८ अगस्तका दिन योको अर्को उपच्छाया चन्द्रग्रहण लाग्ने छ । १ सेप्टेम्बरका दिन अर्को सूर्यग्रहण लाग्नेछ र यी तीन पछिल्ला घटनाहरु नेपालमा देखिने सम्भावना छैन । १६ तारिखका दिन भने फेरी तेश्रो उपच्छाया चन्द्रग्रहण लाग्ने र यो नेपालबाट समेत देख्न सकिनेछ । यो नै अंग्रेजी वर्ष २०१६ को अन्तिम ग्रहण हुनेछ । २०१५ मा भने एक सूर्यग्रहण, दुई चन्द्र ग्रहण र एक आंशिक सूर्यग्रहण लागेका थिए । एभरेष्ट दैनिक बाट .