युटुबले ल्यायो नयाँ फिचर,

युटुबले कुनै प्रयोगकर्ता लाइभ स्ट्रिमिङमा जाँदा स्वत क्याप्सन आउने फिचर थप गर्न लागेको हो। युटुबले लाइभ स्ट्रिमिङमा थप नयाँ फिचर्सहरु दिने भएको छ।

युटुबले पुराना एक अर्ब भिडियोमा क्याप्सन थप्ने काम भइरहेको समेत उल्लेख गरेको छ। तर यो सुविधा अंग्रेजी भाषाका लाइभमा मात्र उपलब्ध हुने युटुबले स्पष्ट पारेको छ।

युटुब लाइभको च्याटलाई रिप्ले समेत गर्न सकिने भएको छ। यसले प्रयोगकर्तालाई लाइभ सकिएको खण्डमा समेत च्याट पढ्न मिल्ने सुविधा प्रदान गर्छ। उक्त फिचर्स एक हप्तापछि सुरु गरिने युटुबले जनाएको छ।

त्यस्तै लाइभ गर्दा वा भिडियो अपलोड गर्ने प्रयोगकर्तालाई लोकेसन ट्याग गर्ने सुविधा दिनेछ। यसले प्रयोगकर्तालाई आफू सम्बन्धीत लाइभ स्ट्रिमिङसम्म पुग्न सघाउ पुर्याउने युटुबले दाबी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here