भिडियो कन्फ्रेन्स मार्फत Sagoonको परिस्कृत भर्सन सार्वजनिक

काठमाडौं ।

नेपाली लगानी र प्रविधिमा सञ्चालित सामाजिक सञ्जाल सगुन डटकमको परिस्कृत भर्सन ‘सगुन २.१ सार्वजनिक गरेको  छ । सगुनको नेपाल स्थित कार्यालयमा एक विशेष पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि नयाँ भर्सन सार्वजनिक गरिएको हो ।प्रयोगकर्ताहरुको सुझाव र प्रतिक्रियापछि अनुसन्धान टीमको अध्ययन गरी नया भर्सन तयार पारेको सगुन नेपालका आइटी प्रमुख राजु कट्टेलले बताए । नयाँ भर्सन यसअघिको कतिपय विशेषतामा परिस्कृत गरिएको र चााडो खुल्ने सगुनले दावी गरेको छ । नयाँ वेब भर्सनमा केहि विशेषता थप भएका छन भने मोवाइल कम्पाटिवल पनि बनाइएको छ ।

 परिस्कृत डेस्कटप र मोबाइल वेभ भर्सनमा अहिलेको भन्दा केही नयाँ र थप सुविधा थपिएको सगुनको काठमाडौँ कार्यालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । “प्रयोगकर्ताको सहज प्रयोगलाई ध्यानमा राखी सगुन टिमले उत्कृष्ट मोबाइल वेभ बनाउन सक्षम भएको छ”– अमेरिकाको वासिङ्टन डिसीबाट भिडियो कन्फ्रेन्समार्फत सगुनको परिस्कृत भर्सन सार्वजनिक गर्दै संस्थापक गिरीले पत्रकारसँग भने ।

 उनका अनुसार केही नयाँ विशेषतासहित ल्याइएको परिस्कृत भर्सन विश्वभरका प्रयोगकर्ताले (२३ फेब्रुअरी २०१६) अर्थात् आजबाट चलाउन सकिनेछ । सगुनको मोबाइल एप्प पनि चाँडै सार्वजनिक हुने जनाइएको छ ।यसैगरी सगुनले अमेरिकामा मिनि आइपिओमा जाने स्विकृती पाएको छ । पत्रकार भेटघाट कार्यक्रममा भिडिया कन्फ्रेन्स मार्फत बोल्दै संस्थापक तथा सिइयो गोबिन्द गिरीले सगुन अप्रिलदेखि मिनि आइपिओमा जाने बताएका हुन् ।

 सगुन नेपालका जनसम्पर्क र मिडिया प्रमुख अजयबाबु सिवाकोटीले सगुन २.० मा रहेका दिनहुँ गर्ने क्रियाकलापलाई व्यवस्थित गर्ने माई डे, आफ्नो मुड सेट गर्ने र कुराकानी गर्ने मुड टक र आफ्नो खुला तथा गोप्य कुरा राख्ने ओपन सेक्रेटलगायतका विशेषतामा केही नयाँ विशेषता थपिएको उल्लेख गरे । सगुनको परिस्कृत भर्सनमा थपिएका विशेषतामा पुराना कमीकमजोरी र गल्ती हटाइएको छ, पहिलाको भन्दा छिटो खुल्नुका साथै छिटो प्रक्रिया पूरा हुन्छ । पहिलाको भन्दा यसमा सेक्रेट ट्रयाकिङ गर्ने नयाँ विशेषता थपिएको छ । सगुन २.० को केही महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट शुभारम्भ गरे।

 केन्द्रीय कार्यालय वासिङ्टन डिसीमा तथा नयाँदिल्ली र काठमाडौँमा देशीय कार्यालय छ । ३ महिनाअघि अमेरिकी सरकारले स्टार्टअप कम्पनीहरु पनि आइपिओमा जानसक्ने प्रवधान ल्याएपछि नेपालीहरुले अमेरिकाबाट सुरु गरेको सगुन डट कमले यो अवसर पाएको हो । उत्साहित हुदै गिरीले अब सगुन अर्को उचाइ पुग्ने र यो नेपालीहरुको लागि पनि उत्साहित कुरा रहेको बताए । यो सँगै अब सगुनले २० मिलियन डलर अर्थात २ अर्ब नेपाली रकम बराबरको शेयर प्रत्यक वर्ष बिक्रि वितरण गर्न पाउने भएको छ । सगुनका दुई लाख ५० हजारभन्दा बढी विश्वभर प्रयोगकर्ता रहेको बताइएको छ ।