Facebook is testing a new WhatsApp button in its main app

मेसेजिङ एप ह्वाट्सएप प्रयोग नगर्नेहरुलाई लोभ्याउने गरी फेसबुकले अब छिटै फेसबुकमै ह्वाट्सएप बटन थप गर्ने भएको छ । वास्तवमा कम्पनीले फेसबुक फीडमा एक नयाँ ह्वाट्सएप शर्टकट बटन ल्याउँदैछ । यो शर्टकट बटन हालका लागि फेसबुकको एन्ड्रोइड एपका कतिपय प्रयोगकर्ताका लागि परीक्षणको रुपमा उपलब्ध गराइएको छ । उक्त बटनमा ट्याप गर्ने बित्तिकै ह्वाट्सएप खुल्नेछ ।समाचार अनुसार सोसल मिडिया जाएन्ट फेसबुकले आफ्नो एपमा एउटा छुट्टै बटनको परीक्षण गरिरहेको छ, जसको सहायताले सजिलैसँग फेसबुकबाट ह्वाट्सएपमा पुग्न सकिन्छ । फेसबुकको यो नयाँ परीक्षणका विषयमा सबैभन्दा पहिलो टेक्नोलोजी वेबसाइट द नेक्स्ट वेबले जानकारी दिएको थियो । यद्यपि ह्वाट्सएप अकाउन्ट नै नभएका प्रयोगकर्ताले उक्त बटनमा ट्याप गर्दा के हुन्छ ? भन्ने बारेमा कुनै जानकारी गराइएको छैन । हुनसक्छ, यसले गुगल प्लेस्टोरबाट ह्वाट्सएप डाउनलोड गर्ने पेजमा लैजानेछ ।

अमेरिका लगायतका पश्चिमा मुलुकहरुमा ह्वाट्सएपका प्रयोगकर्ता खासै छैनन् । सोही कारण फेसबुकले ह्वाट्सएपको लोकपि्रयता विस्तारका लागि फेसबुकको सहायता लिन थालेको हुनसक्छ । अहिले केही देशमा मात्र यो फिचरको परीक्षण फेसबुकले गरिरहेको छ । फेसबुकले सन् २०१४ मा ह्वाट्सएप खरीद गरेको थियो । ह्वाट्सएप पनि एक अर्ब भन्दा धेरै प्रयोगकर्ता रहेको सोसल मिडिया हो ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here