चितवनमा फाईबर टु दि होम सेवा सुरुवात, Yaman Bhusal

काठमाडौं । 

रत्ननगर महोत्सवमा लोकप्रिय इन्टरनेट प्रदायक कम्पन्नी टेकमाईन्ड्स नेटवर्क प्रालिले निशुल्क वाईफाई इन्टरनेट सेवा प्रदान गरेको छ । महोत्सव परिसरमा रहेको स्टलबाट टेकमाईन्ड्सले वाईफाई सेवा प्रदान गरेको हो ।

साथै टेकमाईन्ड्सले महोत्सवको अवसरमा फाईबर टु दि होम सेवा सुरुवात समेत गरिएको पुर्वी चितवन शाखा प्रमुख यमन भुषालले जानकारी दिए ।

साथै महोत्सवको अवसरमा इन्टरनेटको विभिन्न सेवामा छुटको व्यवस्था गरेको जनाईएको छ ।