माघ १ देखि, रु.१ मा नै खाना अर्डर गर्न सकिने, अनलाईन फुड फेस्टिभल 

VODKA Presents Online Food Festival 2019

पुस ३०, काठमाडौं । नेपालको पहिलो फूड डेलिभरी कम्पनी फुडमाण्डूले अनलाईन फुड फेस्टिभल २०१९ आयोजना गरेको छ । अघिल्लो वर्ष भव्यताका साथ संचालन गरिएको अनलाईन फुड फेस्टिभलबाट उत्साहित हुँदै यो वर्षपनि रुस्लान भोड्काको मुख्य प्रायोजन र दराज र समस्र्बीको सह प्रायोजनामा आयोजना गरिएको यस अनलाइन फूड फेस्टिभल उत्सव यहि जनवरी १५(माघ १) देखि जनवरी २४(माघ १०)सम्म संचालन हुनेछ ।

फुडमाण्डूको अनलाइन फूड फेस्टिभलमा सहभागी रहेका ३० विभिन्न रेष्टुरेन्टहरुले आफ्ना विशेष परिकारहरु विशेष छुट मूल्यमा पस्किेनछन् ।

यस उत्सव अवधिमा ग्राहकहरुले आफ्नो मोबाइलमा फुडमाण्डू एप्स डाउनलोड गरेर उत्सवको मजा लिन सक्नेछन् । यो उत्सव केबल फुडमाण्डूको मोबाइल एप्समा मात्र संचालन गरिएको छ । फुडमाण्डूको एप्समा गएर अर्डर गरेमा ५० प्रतिशतसम्मको छुट, रु.१ मा खाना पाईने अवसरका साथै डिजिटल पेमेन्ट गेटवे खल्तीबाट पेटेन्ट गर्दा थप २० प्रतिशत क्यासब्याक पनि प्राप्त गर्नसक्नेछन् ।

यति मात्र नभई यस उत्सवमा विभिन्न गेमहरु खेलेर भौचरहरु जित्न सकिनेछ । हरेक दिन १० जना ग्राहकहरुले रु. २५०० भन्दा माथिको अर्डरमा १८० एम.एल.को भोड्का(रुस्लान) पनि निशुल्क प्राप्त गर्नेछन् । साथै उत्सव अवधिभरी ग्राहकहरुसम्म फ्रि डेलिभरीको व्यवस्था गरिएको छ । यस उत्सव अवधिभर फुडमाण्डूमा प्रत्येक दिन दुईपटक फ्ल्याश डिल आयोजना हुनेछ भने विभिन्न खानाका परिकारहरु सहितको मिस्ट्री बक्सहरु पनि छुट मूल्यमा उपलब्ध हुनेछ ।

अघिल्लो वर्ष भव्यताका साथ संचालन गरिएको अनलाईन फुड फेस्टिभलको यो दोस्रो संस्करण हो । पहिलो संस्करणको सफलताबाट निकै उत्साहित भएर यो वर्षपनि अनलाइन फुड फेस्टिभल आयोजना गरिएको कम्पनीका मुख्य कार्यकारी मनोहर अधिकारीले बताए ।

‘यो वर्ष हाम्रा ग्राहकहरुका लागि अझ धेरै छुट र अफरका साथ खानाको मेनुमा भेराईटी थप गराएका छौं, जसले तपाईँको खानाको आवश्यकतालाई सजिलै पुरा गर्नेछ,’ उनले भने । यस वर्ष अझ धेरै आकर्षण र सुविधा भएकोले ग्राहकहरुको सहभागीता बढ्नेमा कम्पनी सुनिश्चित रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here