ओपोद्वारा फाइन्ड एक्स ५जी प्रोटोटाइप सार्वजनिक

कम्पनीद्वारा पार्टनरहरुसंग सहकार्य गर्दै नयाँ ५ जी उद्योग पर्यावरण निर्माण प्रतिबद्धतामा जोड

पुष ८, गुआंगजौ, चाइना ।( चीनको सर्वाधिक ठूलो दूरसञ्चार सेवा प्रदायक,चाइना मोबाइलको एक महत्वपूर्ण रणनैतिक साझेदारका रुपमा ओपोले आफ्नो फाइन्ड एक्स ५ जी प्रोटोटाइप सार्वजनिक गरेको छ । ओपोले डिसेम्बर ६ देखि ८ सम्म गुआंगजौमा आयोजित, २०१८ चाइना मोबाइल ग्लोबल पार्टनर्स कन्फरेन्समा पहिलो पटक फाइन्ड एक्स ५ जी प्रोटोटाइप सार्वजनिक गरेको हो । विश्वभरका आफ्ना औद्योगिक साझेदारहरुसंग सहकार्य गर्दै नयाँ ५ जी औद्योगिक पर्यावरणको विकास गर्ने ओपोको उद्देश्य रहेका छ ।

यसै बर्षको सुरुवातमा सार्वजनिक ओपो फाइन्ड एक्स, फ्ल्यागशिप स्मार्टफोनले स्मार्टफोन उद्योगमा ‘अल स्क्रिन ट्रेण्ड’को अगुवाइ गरिरहेको छ । विकसित देशहरुमा थप उपभोक्ता बृद्धि गर्ने लक्ष्य लिएर फाइन्ड एक्सका साथमा ओपोले पश्चिम यूरोपेली बजारमा प्रवेश गर्यो । ईञ्जिनियरिङ स््याम्पल स्न््यापड्र्यागन ८५५ र एक्स५०, ५ जी मोडेम सहितको ओपो फाइन्ड एक्स ५ जी प्रोटोटाइपले अदृतिय ५ जी पर्फरमेन्स दिने क्षमता राख्छ । यो उत्पादनले ग्लोबल पार्टनर्स कन्फरेन्सका अत्यधिक अवलोकन कर्ताको ध्यान आफूतिर खिच्न सफल रह्यो । कार्यक्रममा ओपो, क्वालकम र किसाइट टेक्नोलोजिज् ईंक (अग्रणी विद्युतिय नापक कम्पनी)ले ५ जी डाटा कनेक्टिभिटी तथा एप्लिकेशन (ब्राउजिङ, अनलाइन भिडियो रिप्ले र भिडियो कल) लगायत फाइन्ड एक्स ५ जी प्रोटोटाइप मार्फत प्रदर्शित गरिएको थियो ।

सम्मेलनमा बोल्दै ओपो ग्लोबल भाइस प्रेसिडेन्ट तथा प्रेसिडेन्ट अफ चाइना विजनेश ब्रायन शेनले भने ‘सन् २०१९ मा कमर्शियल ५जी स्मार्टफोन सार्वजनिक गर्ने ओपो पहिलो कम्पनी हुनेमा हामी विश्वस्त छौँ ।’ ५ जी यूगको अभियन्ताका रुपमा ओपोले सन् २०१५ देखि नै ५ जी स्ट्याण्डर्ड, प्रडक्ट आर एण्ड डी र एप्लिकेशन्सको अध्ययन गर्दै अग्रगामी सफलता पनि हात पारिरहेको छ । सन् २०१८ ‘मे’माओपोले ‘स्ट्रक्चर्ड लाइट’प्रविधिको प्रयोग गर्दै विश्वकै पहिलो ५ जी थ्रीडी भिडियो कलको सफल परिक्षण गर्दै ‘युबिक्यूटस रियालिटी’अवधारण प्रस्ताव गर्यो । लगतै अगस्टमा ओपोले स्मार्ट फोनमा विश्वको पहिलो ५ जी सिग्नलिङ तथा डाटा कनेक्शन्सको सफल परिक्षण गर्दै अक्टोबरमा ५जी ईन्टरनेट एक्सेस परिक्षण गर्ने पहिलो कम्पनीबन्यो । ५ जी मा अर्को कोशेढुङाको रुपमाओपोले नोवेम्बर ३०मा स्मार्टफोनमा ५जी सञ्जाल मार्फत विश्वकै पहिलो मल्टिपार्टी भिडियो कलको सफल परिक्षण गरेको छ।

अब भने, भविस्यलाई ध्यानमा राख्दै ओपोले ५जी+अवधारणा सार्वजनिक गरेको छ । ५जी+ यूगमा सबै कुरा कनेक्टेड हुने र ‘एक्स्पेरियन्स ईज किङ’हुने कम्पनीको विश्वास छ । ५जी नेटवर्क मार्फत सञ्चालनहुने विभिन्न स्मार्ट उपकरणको सञ्चालनका लागि स्मार्टफोन मूलआधार हुनेछ । स्मार्ट हेल्थतथा स्मार्ट होम जस्ता अवधारणाका लागि पनि स्मार्टफोन केन्द्र विन्दुका रुपमा स्थापित हुनेछ । ५ जी तथा अन्य अत्याधुनिक प्रविधिको मिलन विन्दुलाई ध्यानमा राख्दै ओपोले समग्र उद्योगसंग सहकार्य गर्दै ५जी+नव प्रबर्तनात्मक ईको सिस्टम निर्माण गर्दैछ, ’शेनले भने ।
‘ओपोले ५जीलाई एआई, बिग डाटा र क्लाउड कम्प्युटिङको साथमाथप अगाडी लाँदै स्मार्टफोन र स्मार्ट उपकरणलाई वास्तवमै बुद्धिमानी निजी सहायकका रुपमा विकास गर्ने योजनाबनाएको छ ।भविस्यमा ५ जी उपयोगिताको वातावरण र उत्कृष्ट ५ जी एप्लिकेशन्सहरु प्रस्तुत हुने छन् र तिनले प्रयोग कर्तालाई बहुआयामिक अनुभव दिनेमा हामी विश्वस्त छौँ’, ओपो रिसर्च ईन्स्टिच्यूटका प्रमुख लेभिन ल्यूले भने ।


५जी ईकोसिस्टम निर्माणका लागि ओपोले क्वालकम, नेटवर्क पूर्वाधार निर्माता, दूरसञ्चार सेवा प्रदायक लगायत अन्य सप्लाई चेन पार्टनरहरु संग आफ्नो सहकार्य थप सुदृढ बनाउदै लगेको छ । चीनमा ५ जी उपकरणको ब्यवसायीकरणमा तिब्रता का लागी ओपोले चाइना मोबाइल संग सहकार्य गरिरहेको छ । त्यसैगरी चाइना मोबाइलको ‘५ जी डिभाइस फोररनर ईनिसिएटिभ’ मार्फत ५ जीईको सिस्टमको निर्माण गर्ने छ । चीन बाहिर भने ओपो यूरोप, अष्ट्रेलिया तथा अन्य ओभरसिज मोर्कटहरुसंग अर्को बर्ष ब्यापारिक ५ जी उत्पादन सार्वजनिक गर्ने योजनाका साथ छलफल प्रक्रियामा ब्यस्त छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here