अब अन्लाईनबाट अर्डर गरेको खानाको पैसा मोबाईलबाटै तिर्न सकिने

‘खल्ती’ र ‘फुडमान्डु’ बिच रणनीतिक साझेदारीको घोषणा, अब अन्लाईनबाट अर्डर गरेको खानाको पैसा मोबाईलबाटै तिर्न सकिने
काठमाडौं, १२पौष २०७५
मोबाईल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ र अन्लाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी ‘फुडमान्डु’ ले रणनीतिक साझेदारीको घोषणा गरेका छन्। खल्तीका डाइरेक्टर अमित अग्रवाल र फुडमान्डुका संस्थापक तथा सिईओ मनोहर अधिकारीले यहि पौष १२ गते बिहिबार एक सम्झौता पत्रमा हस्ताक्षर गरेर उक्त साझेदारीको सुरुवात गरेका हुन् । यस साझेदारी पश्चात फुडमान्डुबाट अर्डर गरेको खानाको पैसा खल्ती मार्फत मोबाईलबाटै तिर्न सकिने भएको छ ।
साझेदारीको घोषणा गर्दै खल्तीका निर्देशक अमित अग्रवालले भने,
“यस साझेदारी सँगै अन्लाईनबाट खाना अर्डर गर्न रुचाउने ग्राहकहरुले अब खल्तीवालेट प्रयोग गरेर बिना झन्झट मोबाईलबाटै सजिलै पैसा भुक्तानी गर्न सक्नु हुने भएको छ ।
“प्रविधिको विकास र यसले ल्याएको सहजताको कारणले पछिल्लो समयमा नेपालमा अन्लाईनबाट सामान किन्ने चलन विस्तारै विकसित हुँदै गएको महसुस गर्न सकिन्छ । यहि प्रविधिको विकास सँगै नेपालको भुक्तानी प्रणाली पनि विस्तारै नगद रहित र डिजिटल तर्फ रुपान्तरण हुँदैछ । र, खल्ती मार्फत हामीले नेपालमा अन्लाईन भुक्तानी प्रणाली अझै सहज बनाउने तर्फ काम गरिरहेका छौँ ।
“फुडमान्डु सँगको यो साझेदारीले खल्तीप्र योगकर्ताहरुलाई एउटा थप नयाँ सेवाको भुक्तानी गर्न सहजता प्रदान गरेको छ । यो साझेदारीसँगै हामीले नेपाल डिजिटल र नगद रहितब नाउने यात्रामा एउटा अर्को पाइला अगाडी बढेको महसुस गरेका छौँ । हामी खल्ती प्रयोगकर्ताहरुलाई धेरै भन्दा धेरै सेवाहरु प्रदानगर्न प्रतिबद्ध छौँ र चाँडै खल्तीमा अन्य धेरै सेवाहरुको भुक्तानी गर्न मिल्ने सुविधा थप्ने प्रकृयामा छौँ ।”
त्यस्तै, फुडमान्डुका संस्थापक तथा सिईओ मनोहर अधिकारीले भने,
“हामी खल्तीसँग साझेदारी गरी यसले प्रदान गर्ने डिजिटल भुक्तानी सुविधा हाम्रा सबै ग्राहक माझ र्पुयाउन पाउँदा उत्साहित छौँ । अब, फुडमान्डुका ग्राहकहरूले भुक्तानी गर्नको लागि नगद पैसामा मात्रै भर पर्नु पर्दैन । खल्तीको डिजिटल भुक्तानी सुविधा सँगै नेपालमा विद्यमान क्यास (अन ( डेलिभरी प्रणालीमा हुने झन्झटबाट मुक्त हुने आशा गरेका छौँ ।
“यस साझेदारीको फल स्वरुप फुडमान्डुका ग्राहकहरुले काठमाडौं र ललितपुरका ३०० भन्दा बढी रेस्टुरेन्टबाट आफूले चाहेको खाना अर्डर गर्न र खल्ती एप प्रयोग गरेर मोबाईलबाटै भुक्तानीगर्न सक्नेछन् ।”
नेपालमा पछिल्लो समयमा ई–कमर्स र अन्लाईन किनमेलको ट्रेन्ड ह्वात्तै बढेको छ । यद्यपि, अन्लाईन भुक्तानीमा आशा वृद्धि हुन सकेको छैन र मानिसहरु अझै पनि नगद भुक्तानीमै भर पर्दै आएका छन् । छिमेकी देशहरू भारत, चीन र बांग्लादेशको तुलनामा नेपाल मोबाइल भुक्तानीको प्रयोगमा धेरै पछाडी छ । यस साझेदारीले नेपालीहरुमा अन्लाईन मार्फत सामान खरिद गर्दा मोबाईलबाटै भुक्तानी गर्ने बानीको सुरुवात हुने आशा गरिएको छ ।
साझेदारी सुरुवातको अफर स्वरुप प्रयोगकर्ताले खल्ती मार्फत फुडमान्डुमा गर्ने प्रत्येक भुक्तानीमा ५%क्यास ब्याक प्राप्त गर्ने छन् ।
सन् २०१० को नोभेम्बरमा सुरु भएको फुडमान्डु काठमाडौंका विभिन्न उत्कृट रेस्टुराँहरूबाट खानाका परिकारहरू घरदैलो सम्म उपलब्ध गराउने एक भरपर्दो र चिर परिचित सेवा प्रदायक हो । फुडमान्डूसँग अहिले काठमाडौँ र ललितपुर वरपरका ३०० भन्दा बढी रेष्टुरेन्ट आवद्ध छन् । जसमा बजेट देखि प्रीमियम रेञ्ज सम्मका छन् । ग्राहकले फुडमान्डुको मोबाईल एप, वेबसाइट र फोनमार्फत खाना र खाजा अर्डर गर्न सक्छन् । पछिल्लो समयमा फुडमान्डुको यो सेवा युवा माझ निकै लोकप्रिय छ ।
त्यस्तै, सन् २०१७ को जनावरीमा नेपाली बजारमा आरम्भ भएको खल्ती एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्ती एपप्र योग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्तीको प्रयोगकर्ताहरुको संख्या ५,००,००० भन्दा बढि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here