NAAMII ले प्रथम नेपाल एआई पाठशालाआयोजना गर्दै

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्वद्ध विज्ञान-प्रविधिमा हाल भईरहेको द्रुत गतिको विकासले मानव समाजमा गुणात्मक परिवर्तन ल्याउने प्रचुर सम्भावना बोकेको छ । फेसबुक, गुगल, अामाजोन जस्ता कम्पनीहरुको असर आमरुपमा प्रत्यक्ष देखिएकै छ । यसका अतिरिक्त शिक्षा, स्वास्थ, कृषि, शहरीकरण, जलवायु, समाज-विज्ञान, अर्थतन्त्र, सुरक्षा (डिजिटल-सूरक्षासहित) इत्यादि क्षेत्रमा एआई-सम्वद्ध प्रविधिले तत्-तत् क्षेत्रको विकास गर्न सकिने सम्भावना देखिन थालेको छ । विश्वव्यापीरुपमा यस क्षेत्रमा दक्ष जनशक्तिको कमी भईरहेको हालको अवस्थामा नेपालमा त यो समस्या झनै ठूलो छ । तसर्थ नेपालका युवा विद्दार्थी एवं उध्यमीहरुलाई एआईका अत्याधुनिक विषयमा प्रभावकारी सीप विकास गर्ने उद्धेश्यले यहि डिसेम्बर २० देखि ३० सम्म हामी NepAl Applied Mathematics and Informatics Institute for Research (NAAMII, नामी) ले दुर्सन्चार सेवा प्रदायक कम्पनी एन्सेलको सहयोग र सहकार्यमा ११ दिने “First Nepal Winter School in AI” (प्रथम नेपाल एआई हिउँदे पाठशाला) आयोजना गर्दैछौँ  । एन्सेलले आफ्नो सामाजिक उत्तरदयित्व कार्यक्रम अन्तर्गत यस पहिलो ऐअाई हिउदे पाठशालालाई पुरायोजन गरेको छ। यो पाठशाला काठमाडौंको प्राईम कलेज मा आयोजना गरिदैछ।

नामीका प्रमुख उद्धेश्यहरु: इन्फर्म्याटिक्स, कम्प्युटर विज्ञान र एआई विषयहरुमा संसारका उत्कृष्ट प्रयोगशाला तथा विश्वविद्दालयहरुमा गरिने अध्ययन-अनुसन्धानकै स्तरको अनुसन्धान नेपालमै गर्ने; नेपाल तथा विश्वमा हाल रहेका जटिल समस्याहरुको हल खोज्न विभिन्न क्षेत्रका विज्ञहरुसंग मिलेर अन्वेषण गर्ने; हाल रहेका सरकारी संरचना, विश्वविद्दालयहरुसंगको सहकार्यमा यी विषयमा नेपालको शैक्षिक स्तर उकास्न सहयोगी भूमिका खेल्ने; अत्याधुनिक अन्वेषणका नतिजाहरुलाई भईरहेका उध्योगहरु वा नयाँ बनाएर समाजलाई उपयोगी वस्तुहरु एवं प्रविधिहरुको सिर्जना गर्ने आदि हुन् । यस संस्थाका सदस्यहरु विश्वका उत्कृष्ट विश्वविद्दालयहरु तथा प्रयोगशालामा अध्यापन र अन्वेषण गरिरहेका वा नेपालमै महत्वपूर्ण क्षेत्रहरुमा उत्कृष्ट सेवा पुर्याईरहेका छन् । यसरी यस क्षेत्रको यत्तिका दक्ष नेपालीहरु एकै ठाउँमा जम्मा भई नेपालमै शैक्षिक कार्यक्रम आयोजना हुनलागेको सम्भवत: पहिलो पटक होला । करिब ४५० आवेदकहरु मध्ये १२५ जना छानिएको यस कार्यक्रममा लगभग शतप्रतिशत नेपाली विद्दयार्थीहरुलाई एन्सेलको सहयोगमा पूर्ण छात्रावृत्ति दिईनुका साथै काठमाडौँ बाहिरकालाई यात्रा र बसाईको लागि पनि छात्रावृत्तिको व्यवस्था गरिएको छ । यसैगरी नेपाल बाहिर भारत, चीन, फिलिपिन्स, जर्मनी, नर्वे लगायतका देशहरुवाट करिब २५ जनाले सहभागिता जनाउँदै छन् ।

बिहिबार डिसेम्बर २० गतेका दिन हुन गईरहेको यस पाठशालाको उद्धघाटन समारोहमा देशका विज्ञान-प्रविधि एवं शिक्षा क्षेत्रका दिग्गज व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको छ । एआईका विषयगत पाठ्यक्रमको विस्तृत पढाई हुनका साथै, अन्तिम दिन प्रविधि-विज्ञान तथा यस्ता अत्याधुनिक क्षेत्रहरुको समाजिक-आर्थिक महत्वका विभिद पक्षहरुमा छलफल कार्यक्रम पनि राखिँदै छ । यसैगरी नेपालको पर्यटन क्षेत्रको महत्व दर्शाउनका साथै प्राध्यापक र सहभागिहरुबीच सहज अन्तरकृया हुने वातावरण सिर्जना गर्न डिसेम्बर २५ का दिन एक दिने पैदल यात्राको कार्यक्रम आयोजना गरिएको छ । यस कार्यक्रमलाई सुरुवातको रुपमा लिएर नामीले आउँदा दिनहरुमा नेपालमा रहेका विद्दयार्थीहरु, प्राध्यापकहरु, विभिन्न सरकारी-गैरसरकारी-नीजि अध्ययन-अन्वेषण संस्थाहरुसंगको सहकार्यमा थुप्रै अध्ययन-अन्वेषण, प्रविधिमा आधारित अभिनवि उध्यमशील कार्यहरु र शैक्षिक कार्यक्रमहरु गर्दै जानेछ।

एआई पाठशालाको वेबसाइट: https://nepalschool.naamii.com.np/

मिति: डिसेम्बर २० देखि ३०,  स्थान: प्राइम कलेज, खुसिबुन नयाँबजार, काठमाडौँ                                  आयोजक: NAAMII,  प्रमुख प्रायोजक: एनसेल, Ncell

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here