ओपोद्वारा फाइन्ड एक्स ५जी प्रोटोटाइप सार्वजनिक
कम्पनीद्वारा पार्टनरहरुसंग सहकार्य गर्दै नयाँ ५ जी उद्योग पर्यावरण निर्माण प्रतिबद्धतामा जोड
पुष ८, गुआंगजौ, चाइना ।( चीनको सर्वाधिक ठूलो दूरसञ्चार सेवा प्रदायक,चाइना मोबाइलको एक महत्वपूर्ण रणनैतिक साझेदारका रुपमा ओपोले आफ्नो फाइन्ड एक्स ५ जी प्रोटोटाइप सार्वजनिक गरेको छ । ओपोले डिसेम्बर ६ देखि ८ सम्म गुआंगजौमा आयोजित, २०१८ चाइना मोबाइल ग्लोबल पार्टनर्स कन्फरेन्समा पहिलो पटक फाइन्ड एक्स ५ जी प्रोटोटाइप सार्वजनिक गरेको हो । विश्वभरका आफ्ना औद्योगिक साझेदारहरुसंग सहकार्य गर्दै नयाँ ५ जी औद्योगिक पर्यावरणको विकास गर्ने ओपोको उद्देश्य रहेका छ ।
यसै बर्षको सुरुवातमा सार्वजनिक ओपो फाइन्ड एक्स, फ्ल्यागशिप स्मार्टफोनले स्मार्टफोन उद्योगमा ‘अल स्क्रिन ट्रेण्ड’को अगुवाइ गरिरहेको छ । विकसित देशहरुमा थप उपभोक्ता बृद्धि गर्ने लक्ष्य लिएर फाइन्ड एक्सका साथमा ओपोले पश्चिम यूरोपेली बजारमा प्रवेश गर्यो । ईञ्जिनियरिङ स््याम्पल स्न््यापड्र्यागन ८५५ र एक्स५०, ५ जी मोडेम सहितको ओपो फाइन्ड एक्स ५ जी प्रोटोटाइपले अदृतिय ५ जी पर्फरमेन्स दिने क्षमता राख्छ । यो उत्पादनले ग्लोबल पार्टनर्स कन्फरेन्सका अत्यधिक अवलोकन कर्ताको ध्यान आफूतिर खिच्न सफल रह्यो । कार्यक्रममा ओपो, क्वालकम र किसाइट टेक्नोलोजिज् ईंक (अग्रणी विद्युतिय नापक कम्पनी)ले ५ जी डाटा कनेक्टिभिटी तथा एप्लिकेशन (ब्राउजिङ, अनलाइन भिडियो रिप्ले र भिडियो कल) लगायत फाइन्ड एक्स ५ जी प्रोटोटाइप मार्फत प्रदर्शित गरिएको थियो ।
Advertisement
सम्मेलनमा बोल्दै ओपो ग्लोबल भाइस प्रेसिडेन्ट तथा प्रेसिडेन्ट अफ चाइना विजनेश ब्रायन शेनले भने ‘सन् २०१९ मा कमर्शियल ५जी स्मार्टफोन सार्वजनिक गर्ने ओपो पहिलो कम्पनी हुनेमा हामी विश्वस्त छौँ ।’ ५ जी यूगको अभियन्ताका रुपमा ओपोले सन् २०१५ देखि नै ५ जी स्ट्याण्डर्ड, प्रडक्ट आर एण्ड डी र एप्लिकेशन्सको अध्ययन गर्दै अग्रगामी सफलता पनि हात पारिरहेको छ । सन् २०१८ ‘मे’माओपोले ‘स्ट्रक्चर्ड लाइट’प्रविधिको प्रयोग गर्दै विश्वकै पहिलो ५ जी थ्रीडी भिडियो कलको सफल परिक्षण गर्दै ‘युबिक्यूटस रियालिटी’अवधारण प्रस्ताव गर्यो । लगतै अगस्टमा ओपोले स्मार्ट फोनमा विश्वको पहिलो ५ जी सिग्नलिङ तथा डाटा कनेक्शन्सको सफल परिक्षण गर्दै अक्टोबरमा ५जी ईन्टरनेट एक्सेस परिक्षण गर्ने पहिलो कम्पनीबन्यो । ५ जी मा अर्को कोशेढुङाको रुपमाओपोले नोवेम्बर ३०मा स्मार्टफोनमा ५जी सञ्जाल मार्फत विश्वकै पहिलो मल्टिपार्टी भिडियो कलको सफल परिक्षण गरेको छ।
अब भने, भविस्यलाई ध्यानमा राख्दै ओपोले ५जी+अवधारणा सार्वजनिक गरेको छ । ५जी+ यूगमा सबै कुरा कनेक्टेड हुने र ‘एक्स्पेरियन्स ईज किङ’हुने कम्पनीको विश्वास छ । ५जी नेटवर्क मार्फत सञ्चालनहुने विभिन्न स्मार्ट उपकरणको सञ्चालनका लागि स्मार्टफोन मूलआधार हुनेछ । स्मार्ट हेल्थतथा स्मार्ट होम जस्ता अवधारणाका लागि पनि स्मार्टफोन केन्द्र विन्दुका रुपमा स्थापित हुनेछ । ५ जी तथा अन्य अत्याधुनिक प्रविधिको मिलन विन्दुलाई ध्यानमा राख्दै ओपोले समग्र उद्योगसंग सहकार्य गर्दै ५जी+नव प्रबर्तनात्मक ईको सिस्टम निर्माण गर्दैछ, ’शेनले भने ।
‘ओपोले ५जीलाई एआई, बिग डाटा र क्लाउड कम्प्युटिङको साथमाथप अगाडी लाँदै स्मार्टफोन र स्मार्ट उपकरणलाई वास्तवमै बुद्धिमानी निजी सहायकका रुपमा विकास गर्ने योजनाबनाएको छ ।भविस्यमा ५ जी उपयोगिताको वातावरण र उत्कृष्ट ५ जी एप्लिकेशन्सहरु प्रस्तुत हुने छन् र तिनले प्रयोग कर्तालाई बहुआयामिक अनुभव दिनेमा हामी विश्वस्त छौँ’, ओपो रिसर्च ईन्स्टिच्यूटका प्रमुख लेभिन ल्यूले भने ।

५जी ईकोसिस्टम निर्माणका लागि ओपोले क्वालकम, नेटवर्क पूर्वाधार निर्माता, दूरसञ्चार सेवा प्रदायक लगायत अन्य सप्लाई चेन पार्टनरहरु संग आफ्नो सहकार्य थप सुदृढ बनाउदै लगेको छ । चीनमा ५ जी उपकरणको ब्यवसायीकरणमा तिब्रता का लागी ओपोले चाइना मोबाइल संग सहकार्य गरिरहेको छ । त्यसैगरी चाइना मोबाइलको ‘५ जी डिभाइस फोररनर ईनिसिएटिभ’ मार्फत ५ जीईको सिस्टमको निर्माण गर्ने छ । चीन बाहिर भने ओपो यूरोप, अष्ट्रेलिया तथा अन्य ओभरसिज मोर्कटहरुसंग अर्को बर्ष ब्यापारिक ५ जी उत्पादन सार्वजनिक गर्ने योजनाका साथ छलफल प्रक्रियामा ब्यस्त छ ।


