अब प्रिपेड मोबाइलमा पनि डाटा प्याकेज

काठमाडौं ।  

भदौ १ गतेदेखि लागू हुने गरी नेपाल टेलिकमले जीएसएम प्रिपेड मोबाइल ग्राहकलाई लक्षित गर्दै डाटा प्याकेज ल्याएको छ ।टेलिकमले ब्रोञ्ज प्याक, सिल्भर प्याक र गोल्ड प्याक गरी तीन प्रकारको प्याकेज ल्याएको छ । ब्रोञ्ज प्याक अन्तर्गत २ सय र ५ सय एमबी डाटा प्याकेज उपलब्ध हुने छ ।

दुई सय एमबी प्याकको १३० रुपैयाँ र ५ सय एमबी प्याकको ३ सय रुपैयाँ तोकिएको छ । यो प्याक एक महिनाभित्र सिध्याउनुपर्ने हुन्छ ।

डाटा शुल्क

भोल्यूम शुल्क (रूपैयाँमा) अवधी एसएमएस (१४१५)मा
२०० एमबी १३० १ महिना DATA200MB
५०० एमबी ३०० DATA500MB
१ जीबी ५०० DATA1GB
३ जीबी १,२९० २ महिना DATA3GB
५जीबी १,८०० ३ महिना DATA5GB
१० जीबी २,८०० ६ महिना DATA10GB

यसैगरी सिल्भर प्याक अन्तर्गत १ जीबी र ३ जीबी डाटा उपलब्ध गराइने छ । एक जीबीको ५ सय रुपैयाँ र ३ जीबीको १२ सय ९० रुपैयाँ तिर्नुपर्ने हुन्छ । १ जीबी प्याक एक महिना र ३ जीबी प्याक २ महिनाभित्र सिध्याउनुपर्छ ।

गोल्ड प्याक अन्तर्गत ५ जीबी र १० जीबी डाटा उपलब्ध हुने छ । ५ जीबी डाटाको १८ सय रुपैयाँ र १० जीबी डाटाको २८ सय रुपैयाँ तिर्नुपर्ने छ । ५ जीबीको प्याक तीन महिनासम्म र १० जीबीको प्याक ६ महिनासम्म चलाउन पाइने छ ।