साइबर सेक्युरिटी तथा स्मार्ट सिटी सम्मेलन सम्पन्न, सरकारी प्रमुखहरुको अनुपस्थिति

२१ पौष २०७५ (5th January 2019), बिराटनगर|

विराटनगरमा आयोजना भई रहेको  ‘क्यान ईन्फोटेक मेला २०१९’ को आज तेस्रो दिन “साइबर सेक्युरिटी तथा स्मार्ट सिटी”सम्मेलन (Conference) क्यान मोरंगका अध्यक्ष राजन यादबको अध्यक्षतामा संम्पन्न भएको छ | “Let’s build e-Nepal: Together we CAN” को नारा अनुरुप स्मार्ट सिटीको आधार निर्माणका लागि संचालित उक्त कार्यक्रममा काठमाण्डौ विश्वबिद्यालयका प्राध्यापक डा. मनिष पोखरेलले स्मार्ट सिटीको बिस्तृत जानकारी प्रस्तुत गर्नु भएको थियो | स्मार्ट सिटीको प्रमुख तत्व IOT(Internet of Things) को बारेमा ई. मनिन्द्र अर्यालको रोचक प्रस्तुति थियो| “सहज सुशासन” को बिषयमा तुसार न्यौपानेको प्रस्तुति पनि अत्यन्तै समय सान्दर्भिक थियो |

विराटनगरका सूचना प्रविधि क्षेत्रका विशिष्ट व्यक्तित्व प्रकाश उप्रेतीले“Good thing of internet is everything connected and bad thing of internet is everything connected” भन्दैसाइबर अपराधको बारेमा जानकारी दिनु भएको थियो | उक्त कार्यक्रममा पूर्वान्चल विश्व बिद्यालयका तिर्थ सापकोटाले पनि स्मार्ट सिटीको बारेमा थप जानकारी दिनु भएको थियो| मोरंग जिल्लाका स्थानीय नगरपालिका तथा गाउँपालिका तहका सूचना प्रविधि अधिकृतहरुले बर्तमान अवस्थामा नगरपालिका तथा गाउँपालिकाहरुमा  सूचना प्रविधिको प्रयोग के कसरि हुँदै आएको छ तथा आगामी कार्ययोजना के छ भन्ने बारे पनि जानकारी गराउनुभएको थियो |

क्यान मोरंगका पुर्व अध्यक्ष सन्तोष दाहालको स्वागत मन्तब्यबाट शुरु गरिएको कार्यक्रममा मेलाका मुख्य प्रायोजक Subisu का युवराज पनि बोल्नु भएको थियो | उहाँका अनुसार Subisuले आगामी दिनहरुमा सेवालाई अझ सुदृढ पार्दै स्मार्ट सिटीको आवश्यकता पूर्ति गर्नेछ भन्ने प्रतिबद्दता पनि दिनु भयो | सूचना प्रविधिका विज्ञहरुको प्रस्तुति पछि प्यानल डिस्कसन गरिएको थियो | उक्त अवसरमा प्रा. डा. मनिष पोखरेल, राजन यादव, रोशन खनाल, यादव श्रेष्ठले बिभिन्न प्रश्नको उत्तर दिनु भएको थियो |

कार्यक्रममा निर्वाचनको बेलामा स्मार्ट सिटीको चर्को नारा दिने स्थानीय तथा सरकारी निकायका प्रमुखहरुको अनुपस्थिति खडकिएको थियो | लिभिंग विथ आइसिटीका सम्पादक लम्सालले संचालन गर्नु भएको उक्त कार्यक्रममा क्षेत्र नम्बर १का सूचना प्रविधि क्षेत्रमा चासो लिनेहरुको बाक्लो उपस्थिति थियो| Author: सुनील अर्याल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here