विराटनगरमा क्यान ईन्फोटेक सम्पन्न; e-Nepal बनाउने जिम्मेवार निकायहरु नै निस्क्रिय

२३पौष २०७५ (7th January 2019), बिराटनगर|

गत पौष १९ गते देखि विराटनगरमा आयोजना भई रहेको  ‘क्यान ईन्फोटेक मेला २०१९’ आज भब्यताका साथ संम्पन्न भएको छ | क्यान मोरंगका अध्यक्ष राजन यादवका अनुसार “मेलामा सूचना प्रविधि संग सरोकार राख्ने ५० इस्टलहरु थिए| मेला अवधिमा करिब ५० हजार जनाले मेला अवलोकन गरे अनि करिब २ करोड रुपैयाको कारोवार पनि भयो |”

मेलामा इन्टरनेट सेवा प्रदायक, सफ्टवेयर कम्पनी, सेक्युरिटी सोलुशन, कम्पुटर हार्डवेयर तथा एसोशारी सप्लायर्सहरुको बाक्लो संग्लगनता थियो भने e-sewa तथा Buzzsansar.com प्रमुख आकर्षण बनेका थिए | e-sewaका अनुसार प्रत्यक मोबाइलफोन भएका अवलोकन कर्ताको मोबाइल नम्बरलाई e-sewa ले activate गरीदिसकेको छ केवल एप हाले पुग्छ| Bizzsansar.comअनलाईन शोपिंगका सन्दिप तामांगले चाहिँ आफुले निक्कै सस्तोमा सामानहरु बिक्रि गरिरहनु भएको कुरा बताउनु भयो |

मेलाका अन्य event हरु पनि ज्यादै आकर्षक रहे | मेलाले आयोजना गरेको रोबोट युद्धमाटिम CRT लेजितेर रु. १ लाख हात पर्यो भने Video बनाउने प्रतियोगितामा बैभव ले बाजी मारे| Smart City Modeling मा भने प्रज्वल भण्डारी, शुभम घिमिरे, प्रकाश सुबेदी ततहा समन निरौलाको समुहले जितेर रु. २१ हजार प्राप्त गरे |

मेलाको सबै इभेन्ट मध्ये अन्तिम दिनको Hackathon Finally प्रमुख रह्यो | Hackathon मा सहभागी ८ समुहले e-Nepal कसरी बनाउन सकिन्छ भनी ४८ घण्टा खर्चेर विभिन्न आकर्षक प्रोजेक्टहरु तयार परेका थिए | प्रोजेक्टमा Online Voting System, EHome(Voice, Mobile Apps र इन्टरनेट browser बाट विद्युतिय उपकरण नियन्त्रण गर्ने IOT Project), Find-Me(Categories location search), Book My OPD(Online Hospital registration system),  सहयोग (Self-help Digital Board for visitors at government Offices) , २ शब्द (Website for preserving Nepali literature – e-library ), eStay(Online Hotel/homestay/room system) र कृषि Culture (Online Agriculture product management and Distribution system) | सबै प्रोजेक्टहरु अति नै उपयोगी देखिता पनि प्राप्त अंकको आधारमा कृषि Culture प्रोजेक्टमा  एक शुन्य समुहले बिजय प्राप्त गर्यो | यस समुहमा किरण पन्थ, प्रतिक श्रेष्ठ, संगम लामिछाने तथा सरोज गुरागाईं को सहभागिता थियो |“काम गर्ने कालु मकै खाने भालु” भने उखान परापुर्व कालदेखि चली आएकोमा यस प्रोजेक्टले अनावाश्क बिचौलिया अन्त्य गर्दै कालुले नै अर्थात् किसनले नै सहि पारिश्रमिक प्राप्त गने विश्वास राखेको कुरा बिजयी समुहले बतायो | विजय प्राप्त गर्न नसकेता पनि EHome ले पनि निक्कै चर्चा पाएको थियो | कपिल दाहालको समुहले तयार परेको यो प्रोजेक्ट ब्यापारिक तथा प्राविधिक रुपमा उत्कृस्ट थियो | बिराटनगर, प्रदेश नं १ तथा काठमाण्डौ का सूचना प्रविधिमा रुची राख्नेहरुका लागि सफल यो मेलामा निर्णय तहमा बस्ने सरकारी तथा स्थानीय निकायका ब्यक्तित्वहरुको संग्लता नहुनाले e-Nepal कार्यान्वयनमा ढिलाई हुने संकेत स्पष्ट देखिन्छ |

सुनील अर्याल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here