ब्रोडवे इन्फोसिसमा ८० भन्दा बढी आइटी ट्रेनिङ कोर्सहरू सञ्चालन

Share It On:

नेपालमा आइटी टे«निङ तथा सफ्टवेयर डेभलप्मेन्टको क्षेत्रमा विगत १० वर्षदेखि निरन्तर सेवा प्रदान गरिरहेको ब्रोडवे इन्फोसिस नेपाल सुविधानगर, तीनकुने, काठमाडांैले हाल आएर करिब ८८ भन्दा बढी कोर्सहरूमा आइटी ट्रेनिङका कक्षाहरू सञ्चालन गरिरहेको छ । अनुभवी तथा कुशल व्यवस्थापकहरू र दक्ष जनशक्तिद्वारा सञ्चालित यस इन्स्टिच्युटले IT तथा Non IT दुवै क्षेत्रका विद्यार्थीहरूलाई उनीहरूको आवश्यकताअनुसारका टे«निङहरू प्रदान गरिरहेको छ ।

Broadway Picnic
ict event nepal
Training Nepal

गुणस्तरीय शिक्षा प्रदानमा यस इन्स्टिच्युटले विद्यार्थीलाई उनिहरूको रुचि र आवश्यकताअनुरुपका उपयुक्त कोर्स छनौटको लागि आवश्यक पर्ने करियर काउन्सिलिङको राम्रो व्यवस्था पनि गरिआएको छ । विश्व आइटी बजारमा भइरहेको नवीनतम परिवर्तनमा नेपाललई पनि परिचित गराउने अठोटका साथ अघि बढिरहेको यस इन्स्टिच्युटले विगत केही वर्षदेखि अमेरिकामा पनि आफ्नो कार्यहरू सञ्चालन गरिरहेको छ । यसबाट विकसित देशहरूमा आइटी.मा हुने द्रुतत्तर परिवर्तनलाई यथासक्य छिटो नेपालमा भित्राउनमा ठूलो मद्दत पुगेको छ ।

Broadway classroom

नेपलाको परिपेक्षमा हेर्दा एकतर्फ ठूलो मात्रामा दक्ष जनशक्तिको अभाव छ भने अर्को तर्फ उत्तिकै मात्रामा वेरेजगारीको समस्या पनि छ । यो हुनुको कारण भनेको हाम्रो शैक्षिक गुणस्तरमा भएको कमी र समयसापेक्षी शिक्षा नहुनु हो । यसले देशको जनशक्तिलाई विदेश पलायन गराइरहेको छ । यो विषम परिस्थिति हो । यसलाई न्यूनीकरण गर्नको लागि यस इन्स्टिच्युटले गुणस्तरीय, व्यावहारिक तथा प्रयोगात्मक टे«निङ प्रदान गरी दक्षता हासिल गरेका विद्यार्थीहरूलाई Internship र  Job Placement को पनि राम्रो व्यवस्था गरिरहेको छ ।

Broadway Infosys

ब्रोडवे इन्फोसिस नेपाल आज एउटा विश्वासिलो टे«निङ कम्पनी (Trusted Training Company) कोे रुपमा स्थापना हुनुमा यहाँ आबद्ध सम्पूर्ण प्रशिक्षकहरु, व्यवस्थापकहरू, विद्यार्थीहरू तथा नजिकबाट निहाली सल्लाह र सुझाव दिने सल्लाहकारहरूको उत्तिकै भूमिका रहेको छ । आगामी दिनमा अझ बढी खोज तथा अनुसन्धानमा लागि विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने यस कम्पनिको लक्ष्य रहेको छ । CAN InfoTech को पूर्व सन्ध्यमा, ब्रोडवे इन्फोसिस नेपालका अध्यक्ष राजु अधिकारीले यस सफल यात्रामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी भई योगदान दिने सम्पूर्ण सहयोगी मित्रहरू, शिक्षकहरू, कर्मचारीहरू, विद्यार्थीहरू, ग्राहकवर्गहरू, समुदायका सदस्यहरूलगायतका सम्पूर्ण इष्टमित्रहरूलाइ हार्दिक आभार व्यक्त गर्नुभएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *