टेलिकमको मोबाइलमा सरकारी वेवसाइट निःशुल्क

Share It On:

नेपाल टेलिकमले नेपाल सरकारबाट सञ्चालित.gov.np’ domain का सबै बेसाइट जीएसएम मोबाइल सेवाबाट निःशुल्क उपभोग गर्र्न पाउने पाउने भएका छन् ।
टेलिकमले मंगलबार आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका यी वेबसाइटहरु यस कम्पनीको जीएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्ररुपमा ब्राउज गर्न समेत सकिने टेलिकमले जनाएको छ ।

साथै नेपाल टेलिकमले यस अघि नै आफ्नो website : www.ntc.net.np, recharge.ntc.net.np / meet.ntc.net.np GSM Mobile बाट निःशुल्क हेर्न सकिने व्यवस्था गरिसकेको छ ।
टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल सरकारका वेबसाइट जिएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्र रुपमा ब्राउज गर्न सकिने जानकारी दिनुभयो ।
फरक–फरक सिष्टमबाट बिलिङ्ग तथा ग्राहकसेवा हुँदै आएका कम्पनीका बिभिन्न सेवाहरुलाई एउटै सिष्टम भित्र ल्याउने परियोजना अन्तर्गत २०७४ बैशाख १० गते देखि(CRTB System)सेवाको बिलिङ्ग कन्भर्जेन्ट रियल टाइम बिलिङ्ग सिष्टम ९ऋच्त्द्य क्थकतझ० बाट गर्न थालिएको छ । यस अघि नै सिडिएमए, जिएसएम र वाईम्याक्स सेवालाई कन्भर्जेन्ट बिलिङ्ग सिष्टममा लगिसकिएको थियो भने एक्त्ल् लाई CRTB System मा Migration गर्नको लागि आवश्यक तयारी भैरहेको टेलिकमले जनाएको छ ।

Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *