क्यान महासघंमा ४ उपाध्यक्ष र महासचिव सहितका पदाधिकारी निर्विरोध

President of CAN Federation
Share It On:

१० मंसिर, २०७६, काठमाडौं

कम्प्यूटर एसोसिएसन अफ नेपाल महासंघ(क्यान महासंघ)को शनिवार नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा अध्यक्ष पदमा नवराज कुँवरले जित हासिल गरेका छन् । मङ्सिर ७ गते १३ औं कार्यसमितिको निर्वाचनमा प्रतिष्पर्धी सुनैना घिमिरे पाण्डेलाई पराजित गर्दै कुँवर अध्यक्षमा विजयी भएका हुन् । शनिवार राती अबेर सार्वजनिक भएको मत परिणाम अनुसार अध्यक्ष पदमा कुँवरले जित हात पारेका हुन् ।

Nawaraj Kunwar President of CAN Federation

अघिल्लो कार्यसमितिमा प्रथम उपाध्यक्ष रहेका कुँवर अध्यक्ष भएका हुन । त्यस्तै, उपाध्यक्षमा रञ्जित पोदार (संस्थागत), रत्नतारा वैद्य (महिला), खुशल रेग्मी (व्यक्तिगत साधारण) र रेशम गिरी (जिल्ला अन्तर्गत)  निर्वाचित भएका छन् ।

त्यसैगरी, महासचिवमा नारायण बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । सचिवमा केन्द्रीय कार्यसमिति बाट चिरञ्जिवी अधिकारी (वस्तुगत) निर्विरोध निर्वाचित भएका छन् भने थप सचिव पद अन्तर्गत रेग बहादुर भण्डारी (व्यक्तिगत साधारण), राजेन्द्र अर्याल (संस्थागत)  निर्वाचित भएका छन् ।

त्यसैगरी, कोषाध्यक्षमा डा. पवनकुमार शर्मा चयन भएका छन् भने सह- कोषाध्यक्ष पदमा निर्णय आउन वांकी छ ।

प्रदेश सचिव  अन्तर्गत (प्रदेश नं. १) ठाकुरकुमार श्रेष्ठ, (प्रदेश नं. २) भुपालदास श्रेष्ठ दिपेन्द्र कुमार सिंह, (प्रदेश नं. ३) शेखरनाथ दुलाल, (प्रदेश नं.४) जगतबहादुर गुरुङ्ग, (प्रदेश नं. दलबहादुर खड्का, (प्रदेश नं. ७) हर्क सेटी  निर्वाचित भएका छन् ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *