वर्डप्रेस सम्बन्धि सेमिनार ‘वर्डक्याम्प पोखरा २०१९’ हुदै

Wordcamp Pokhara 2019
Wordcamp Pokhara 2019

काठमाडौं, मंसिर ८ ।

वर्डप्रेस पोखराको आयोजनामा वर्डप्रेस सम्बन्धि सेमिनार  ‘वर्डक्याम्प पोखरा २०१९’ हुने भएको छ । यहि मंसिर २१ र २२ (डिसेम्बर ७ र ८) गते दुई दिन सम्म हुने कार्यक्रम २१ गते (पहिलो दिन) पोखराको बिरौटा स्थित होटल पोखरा ग्रान्डमा र २२ गते (दोस्रो दिन) रानिपौवा स्थित इन्फमेटिक्स कलेजमा हुने कार्यक्रम संयोजक पितम बहादुर सेनले जानकारी दिए ।

उक्त दुई दिने प्रशिक्षण कार्यक्रममा पहिलो दिन विभिन्न देश बाट आएका प्रशिक्षकहरु बाट सूचना प्रविधिका विभिन्न विषयमा विज्ञहरु द्धारा प्रशिक्षण तथा सामुहिक छलफल हुने र दोस्रो दिन योगदान दिवस (Contributors Day) जसमा वर्डप्रेसका विभिन्न विधाहरु मध्ये भाषा अनुवाद, थिम रिभ्यु तथा सपोर्टका विषयहरुमा कार्यशाला हुने उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल, भारत, बङ्गलादेश, जापान, अमेरिका लगायतका देशका प्रशिक्षकहरुले प्रशिक्षण दिइने जनाइएको छ ।
कार्यक्रममा भाग लिनका लागि रु.१५०० शुल्क निर्धारण गरिएको छ सो शुल्क आगामी मंसिर  १२ गते भित्र नाम दर्ता गर्नेहरुको लागि तोकिएको छ र सो भन्दी पछि पनि नाम दर्ता गर्न सकिने तर शुल्क रु.२००० लाग्ने अर्थ संयोजक प्रतिमा शर्माले जानकारी दिइन ।

जसबाट विभिन्न प्रशिक्षण सँगै कार्यक्रम अवधि भर खाजा, खाना, टि–सर्टएवं अन्य आकर्षक पुरस्कारहरुको व्यवस्था गरिने जनाइएको छ । थप जानकारीका लागि www.2019.pokhara.wordcamp.org मापनि हेर्न सकिने आयोजकले जनाएको छ ।

करिब १० लाखको लागतमा हुने कार्यक्रममा ३०० जना भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि २१ सदस्यीयआयोजक समिति समेत गठन गरिएको छ । कार्यक्रम बाट वर्डप्रेसमा व्यवसायिक रुपमा काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति र कम्पनी, सूचना प्रबिधिमा भविष्य निर्माण गर्न खोजेका विद्यार्थी तथा वर्डप्रेस सँग काम गरि ख्याति प्राप्त व्यक्तिहरु सँग प्रत्यक्ष भेटघाट गरि लाभ लिन सकिने छ ।

वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तराष्ट्रिय कार्यक्रम हो । विश्वमा पहिलो पटक सन् २००६ जुलाई ९ मा वर्डक्याम्प कार्यक्रम भएको थियो । नेपालमा भने सन् २०१२ देखि सुरु गरी हरेकवर्ष आयोजना हुँदै आएको छ । राजधानी बाहिर पहिलो पटक वर्डप्रेस पोखराले सन् २०१८ मा कार्यक्रम गरेको थियो । पोखरामा यो कार्यक्रम दोस्रो पटक हुन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here