Claimed responsibility for downing BBC website

An anti Isis hacking team has claimed responsibility for downing BBC websites

बिहीबार बीबीसी वेबसाइटमा भएको साइबर आक्रमणको जिम्मा न्यू वल्र्ड हृयाकिङ नामक समूहले लिएको छ ।

उक्त समूहले जानीबुझी नै हृयाक गरेको हो भन्ने बीबीसीका टेक्नोलोजी सम्वाददातालाई ट्वीटरमार्फत पठाइएको बयानमा बताएको छ ।

अमेरिकाको यो समूहले आफ्नो आक्रमणको उद्देश्य बीबीसी लामो समयसम्म बन्द गर्ने  कुनै योजना नभएपनि आफ्नो क्षमताको जाँच गरेको समेत उसले बताएको छ ।

उक्त समूहले आफ्नो साइबर आक्रमणको निशानामा चरमपन्थी संगठन इस्लामिक स्टेट र उसको सहयोगी साइट पनि रहेको भएको बताएको छ ।