Subisu CAN Infotech 2016 Officially Kicks Off On January 28

काठमाडौं । 

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन रहेको यहाँहरु समक्ष अवगत नै छ । क्यान महासंघले विगत २३ वर्ष देखि नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धनको लागि विभिन्न किसिमका सेमिनार, कार्यशाला, गोष्ठि, अन्तरक्रिया मार्फत आम जनमानसमा चेतना अभिवृद्धि, विकास एवं विस्तार तथा यस क्षेत्रका विषयगत समस्या समाधानका लागि व्यवसायी तथा सरकारका सम्बन्धीत निकायसँग समन्वय गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रदर्शनी र सम्मेलनहरु गर्दै आईरहेको यहाँहरुमा विदितै छ ।

यसै सन्दर्भमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले विगत २१ वर्ष देखि वर्षेनी आयोजना गर्दै आईरहेको क्यान ईन्फोटेक आगामी मिती २०७२ माघ १४ गते देखि १९ गते (तदनुसार सन् २०१६ जनवरी २८ देखि फेब्रुुअरी २) सम्म काठमाण्डौं भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना गर्न गईरहेको छ । विश्वमा सूचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्दै आईरहेको क्यान ईन्फोटेकको यो २२ औं संस्करण हो ।

यस २२ औं संस्करण क्यान ईन्फोटेकको शिर्ष प्रायोजन सुविसु रहेको तथा एशोसिएट प्रायोजन हुवावे रहेको हुनाले यस संस्करणको अफिसियल नाम नै “सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” रहेको छ, त्यस्तै प्लाटिनम स्पोन्सर–भायनेट, डायमण्ड स्पोन्सर –नेपाल टेलिकम, गोल्ड स्पोन्सर – कर्लस, सिल्भर स्पोन्सरहरु– स्टार अफिस ईन्टरनेशनल, नेटिस र एस.पावर रहेका छन् ।

अफिसियलहरुमा बैंक– सेन्चुरी बैंक, ईन्स्योरेन्स– प्रुडेन्सियल ईन्स्योरेन्स, आई.एस.पी.– सुबिसु, एफ.एम.–नेपाल एफ. एम., अनलाईन टिकेटिङ्ग– एफ वान सफ्ट ईन्टरनेशनल, अनलाईन पेमेन्ट– ई–सेवा, नेपाली आईटी म्यागेजिन– लिभिङ्ग वीथ आई.सी.टी., अंग्रेजी आईटी म्यागेजिन– पि.सी.ईन्फो, लाईफस्टाईल तथा टेक म्यागेजिन– म्युज, वेव न्युज– हाम्राकुरा डटकम, र एस.एम.एस.मा– स्प्यारो एस.एम.एस., स.सि.टि.भि.– ग्याजेड्स एण्ड गिजमोस ट्रेडर्स र ईस्ट्रिमिङ पार्टनर– स्टर नेट प्रा.लि रहेका छन् ।

“सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” मा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा र हल बाहिर ३ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १०४, ओपन स्पेसहरु १४ र फुुड स्टलहरु ५ गरी जम्मा १७५ स्टलहरु रहनेछन् । यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । हाल सम्म मुख्य प्रदर्शनहल भित्र शत् प्रतिशत स्टल बुकिङ्ग भई सकेका छन् भने ट्रसमा ९० प्रतिशत स्टलहरु बुकिङ्ग भई सकेका छन् ।

विगतका बर्षहरुमा पनि क्यान ईन्फोटेकमा सर्वसाधारणहरुको उत्साह जनक सहभागिता रहेको कुरा यहाँहरु समक्ष विदितै छ । यस पटक पनि त्यो उत्साहमा अझ उर्जा थपिने छ भन्ने आशा हामीले लिएका छौं । गत वर्षको क्यान ईन्फोटेकमा ३,३१,००१ जना अवलोकनकर्ता रहेकोमा यस पटक ४,००,००० भन्दा बढी अवलोकन कर्ताहरु आउने अपेक्षा हामीले गरेका छौं । “सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” अवलोकनका लागि सर्व साधारणहरुलाई प्रवेश शुल्क रु १००÷– र विद्यार्थीहरुलाई रु ५०÷– तोकिएको छ । २०७२ माघ १७ गते आईतबारको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकन कर्ताहरुको लागि रु १००÷– तोकिएको छ । उक्त दिन विषेश गरी विजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनकोे लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा विजनेश डिल गर्न सक्नुहुनेछ ।

यस पटकको प्रदर्शनीमा विशेष गरी ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट विशेष छुट सहितको प्याकेज तथा High Speed Internet  उपलब्ध गराईनेछ भने टेलिफोन तथा मोबाईल फोन कम्पनीहरुले पनि आकर्षक अफर लिएर आउंदैछ । बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनि विशेष सहुलियतका साथ यस प्रदर्शनीमा उपलब्ध हुनेछ तथा नयाँ नयाँ प्रविधिमा आधारित मोबाईल फोन, ट्याबलेट तथा अन्य उपकरणहरु यस प्रदर्शनीमा उपलब्ध हुनेछन् । त्यस्तै हाल उपलब्ध सफ्टवेयरहरुमा नयाँ भर्जन सहितको अपडेट मोडल उपलब्ध हुनका सथ साथै नयाँ कम्पनी तथा उत्पादनहरुको समेत थालनी यसै प्रदर्शनी मार्फत हुने भएको छ भने यस वर्ष “सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” को Live Video Streaming २०७२ माघ १४ गते देखि १९ गते सम्म www.caninfotech.org.np  मा लग अन गरी हेर्न सकिने व्यवस्था मिलाईएको छ । उक्त कार्य स्टर नेट प्रा.लि सँगको सहकार्यबाट गरिएको हो ।

“सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आमजनमानस माझ सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यस “सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” मा अनलाईन टिकट खरीदको अग्रीम रुपमा व्यवस्था मिलाईनेछ भने अनलाईन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गरीनेछ ।