नचिनेको नम्बरमा कल ब्याक नगर्न टेलिकमको अनुरोध

काठमाडौं,   नेपाल टेलिकमबाट वितरित मोवाइल फोनमा ‌+२१६९८.., + ६७४५..+२१२…. लगायतका विभिन्न अन्तर्राष्ट्रिय फोन नं बाट गलत नियतले मिस्ड कल गर्ने गरेको पाईएपछि कम्पनीले सम्बन्धित क्यारियर मार्फत त्यस्ता कलहरु ब्लक गर्न लगाइसकेको छ ।

यदि यस्ता मिस्ड कलहरु प्राप्त भएमा नचिनेको नम्बरमा कल ब्याक नगर्न  टेलिकम प्रदायक संस्थाहरुले  ग्राहकहरुलाइअनुरोध गरेका छन्।

विदेशी नम्बरबाट मिसकल आउने ? मिसकल आएपछि कल ब्याक गर्दा मोबाइलमा भएका ब्यालेन्स रित्तिने। बिहीबारका दिनपनि धेरैजसोलाई +२१६९८०९०४२७ नम्बरको मोबाइलबाट मिसकल आएको छ। यो नम्बर ट्युनिसियामा रजिष्टर भएको छ ।

यसरी मिसकल आउन थालेपछि टेलिकम प्रदायक संस्थाहरुले सावधानी अपनाउन ग्राहकहरुलाइ आग्रह गरेका छन्।