क्यान महासंघले यस वर्ष कैलालीमा क्यान इन्फोटेक मेला आयोजना गर्ने भएको छ । कैलालीस्थित धनगढीमा असोज १४ देखि १८ गतेसम्म बृहत् सूचना प्रविधि मेला (क्यान इन्फोटेक) आयोजना हुने भएकाे छ ।
कैलालीमा हुने इन्फोटेक सुदूरपश्चिमाञ्चलमै पहिलो बृहत् सूचना प्रविधि मेला हो । सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारमा सहयोग पुऱ्याउने उद्धेश्यले यस्तो मेला आयोजना गर्न लागिएको क्यान महासंघका केन्द्रिय सदस्य तथाक्यान इन्फोटेक कैलालीका संयाेजक टेक राज पनेरूले बताए ।