सुबिसु केवलनेटको नब्बे प्रतिशत सेवा पुन सुचारु
काठमाडौं, श्रावण २३, २०७६।
नेपालको एक अग्रणी इन्टरनेट नेटवर्क तथा टेलिभिजन सेवाप्रदायक कम्पनी सुबिसु केवलनेटको नब्बे प्रतिशत सेवा पुन सुचारु भएको छ ।
केवलनेटको बालुवाटारमा रहेको डाटा सेन्टरमा बुधवार भिषण आगलागी भएपछि सेवा अवरोध भएको थियो । यसबाट मानविय क्षति नभएको तर ठूलो रुपमा भौतिक क्षति हुन गएको हुनाले केहि स्थानमा अबरुद्ध भई सेवाग्राहिहरु प्रभावित भएको केवलनेटले जनाएको छ ।
बैकल्पिक डाटा सेन्टरबाट घटना पश्चात कम्पनीले अहिले सम्म करिब नब्बे प्रतिशत सेवा ग्राहिहरुको सेवा सुचारु गर्न सफल भएको छ । सेवाग्राहिहरुको सम्बेदनसिलतालाई मनन गरि आबद्व रहनुभएका अति आवश्यक सेवाग्राहिहरुको सेवा भने तत्काल नै सुचारु गरेको केवलनेटले जनाएको छ ।
Advertisement
आगलागि पूर्णरुपमा नियन्त्रण भएको केहि समय भित्र नै प्राबिधिक टोलिको सहयोगद्वारा प्रभावित सेवा सुचारु गरा्उन तत्परताका साथ काम अगाडि बढाई, केहि घन्टा भित्र नै थापाथली स्थित सुबिसुको बैकल्पिक डाटा सेन्टरबाट अधिकांश सेवाग्राहिहरुको सेवा सुचारु भएको थियो ।
Disaster Recovery Center को अवधारणा अनुसार आगलागि भएको केहि समय भित्र नै अति आवश्यक सेवा सुचारु गर्न सकेको केवलनेटल जनाएको छ ।
बालुवाटारको क्षति ग्रस्त रहेको डाटा सेन्टरबाट सेवाग्राहिहरुको अबरुद्व सेवा सुचारु गर्न प्रयत्न गरीरहेको केवलनेटले जनाएको छ । एक दुई दिन भित्रमा नै सम्पूर्ण सेवाग्राहिको सेवा सुचारु हुने केवलनेटले जनाएको छ ।

