ग्लोबल आइएमई बैंकको सेवा बिहान ८ देखि बेलुका ८ सम्म

global ime bank branches
global ime bank branches

काठमाडौं, साउन २६, २०७६।

ग्लोबल आइएमई बैकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै साउन २६ गते आइतबार देखि बैंकको कान्तिपथ स्थित शाखाबाट दैनिक १२ घण्टा सेवा सुचारु गरेको छ ।

आइतबार देखि बैंकको कान्तिपथ शाखा बिहान ८ बजे देखि बेलुका ८ बजे सम्म खुल्ला रहने छ ।बैंकले सरकारी तथा अन्य कार्यालयमा कार्यरत कर्मचारी, व्यापारी र तथा अन्य वर्गको व्यस्ततालाई लक्षित गर्दै साविकको कार्यालय समय अघि र पछि पनि बैंकिङ्ग सेवा उपलब्ध गराउने हेतुले यो सेवा सञ्चालनमा ल्याएको हो ।

यो सेवा शनिबार र अन्य बिदाको दिन बाहेक हप्तामा ६ दिन नै खुल्ला रहने बैंकले जनाएको छ । शनिबार तथा अन्य विदाको दिनमा बैंकले बिहान १० बजे देखि १ बजे सम्म होलिडे काउण्टर सेवा सञ्चालन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here