ललितपुरको कुपण्डोलमा सनराइज बैंकको ११७ औं शाखा संचालनमा

opening of 117th Branch opening at Kupondole

काठमाडौं, श्रावण २३, २०७६ ।

आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकलेकुपण्डोलमा ११७ औँ शाखा संचालनमा ल्याएको छ । बिहिबार आयोजित औपचारिक कार्यक्रमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सन्राइज बैंकका संचालक समितिका सदस्य श्री ई. बच्छराज तातेडलेसंयुक्त रुपमा शाखा कार्यालय र ए. टि. एम. को उद्घाटन गर्नुभएको थियो। उक्त कार्यक्रममा संचालक समितिका सदस्यहरु श्री शारदा शर्मा पुडासैनी, श्री ओम कृष्ण जोशी तथा सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्यालका साथै बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

हालसम्म सनराइज बैंकले ११७ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३५ वटा
ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु
विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here