Xiaomi द्वारा नेपालमा पहिलो पटक Redmi Go प्रस्तुत – अब मात्र रु. ८,९९

काठमाडौँ, नेपाल – १४ फागुन २०७५

प्रविधिको दुनियाँमा उत्कृष्ट ठहरिएको साओमीले नेपालमा पहिलो पटक आफ्नो पहिलो AndroidTM Go स्मार्टफोन – Redmi Go प्रस्तुत गरेको छ । अति उपयोगी सफ्टवेयर तथा दक्ष हार्डवेयर भएको Redmi Go ने.रू. ८,९९९ मा उपलब्ध छ ।

Xiaomi द्वारा नेपालमा पहिलो पटक Redmi Go प्रस्तुत – अब मात्र रु. ८,९९९, Xiaomi को नयाँ पहिलो AndroidTM Go उपकरण

AndroidTM Go कार्यक्रम गुगलले २०१७ सालमा सुरू गरेको थियो र यसलाई बजारमा ल्याउने बित्तिकै नै प्रविधिको बजारमा नयाँ प्रभावकारी मोड आएको छ । Redmi Go Android™ 8.1 Oreo™ (Go edition)  अपरेटिङ प्रणालीमा काम गर्छ । यसमा भएका एपहरू स्टोरेज कम खाने र डेटाको प्रयोग कम गर्ने हिसाबले निर्माण गरिएको छ।

नेपालका लागि प्रबन्धक श्री सौरभ कोठारीले आफ्नो वक्तव्यमा भन्नुभयो, “Xiaomi नेपालमा प्रस्तुत भएदेखि नै सर्वत्र रूपमा माया र सरोकार पाइरहेको छ जसका लागि हामी सबै MI फ्यानप्रति आभारी छौँ। भर्खरै आएको सस्तो र राम्रो Redmi Go सँगको अनुभव प्रभावकारी रहने आशा हामीले राखेका छौँ । सबै प्रयोगकर्ताहरू समक्ष नयाँ प्रविधिको अनुभव पुर्‍याउने यो हाम्रो प्रयास पनि हो ।“

Redmi Go को नयाँ Android फोनमा – 5.0-inch HD display, Qualcomm® Snapdragon™ 425 SoC को साथमा 3000mAh battery, 8MP LED flash सहितको main back camera र 5MP को selfie front camera को सुविधा छ । Dual sim slots भएको Redmi Go मा छ 128GB card को microSD slot रहेको छ।

Redmi Go कालो र नीलो रङ्गमा उपलब्ध छ, र साथै ८ जि.बि.को Storage Capacity पनि रहेको छ । Redmi Go नजिकको मोबाइल पसलहरू र Daraz online store मा 3rd March, 2019  देखि उपलब्ध हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here