वल्र्डलिंकद्वारा नेशनल मार्केटिंग एक्सिलेन्स  प्रतियोगिता २०१९ शुरु

Network Service Provider in Nepal
Share It On:

काठमांडौ, जेष्ठ  २०७६,

 इन्टरनेट  सेवा  प्रदायक कम्पनी वल्र्डलिंक  कम्युनिकेशनस्  लिमिटेडले  देशका  विभिन्न  कलेजमा  अध्ययनरत विद्यार्थीहरुलाई  व्यवहारीक  अनुभव  तथा  व्यवसायीकताको  ज्ञान  दिन  पहिलो  पटक  “नेशनल  मार्केटिंग एक्सिलेन्स  प्रतियोगिता  २०१९“ आयोजना  गरेको  छ ।

प्रतियोगितामा  काठमांडौबाट  ८  वटा  कलेज  तथा  काठमांडौ  बाहिरबाट  १२ वटा  कलेजहरुले  सहभागिता जनाएका  छन् । जसमा अधिकांश  कलेजका विद्यार्थीहरु स्नातक तथा स्नातकोतरमा अध्ययनरत छन् । यस प्रतियोगिता जून १ ,२०१९ बाट शूरु भएर जून ३० ,२०१९ सम्म संचालन हुनेछ ।

३० दिन  सम्म  संचालन  हुने  यस  प्रतियोगितामा  सहभागी कलेजका विद्यार्थीहरुले  मार्केटिंग  तथा सेल्सको अनुसन्धान  र अध्ययन गरी रणनितिहरु बनाउनु पर्ने हुन्छ र सोही  रणनितिहरु प्रतियोगिताको निर्णायक मण्डल सामुु  प्रस्तुत गर्नुपर्ने हुन्छ । सहभागीहरुलाई  विभिन्न  ख्याति  प्राप्त  व्यवसायीहरुद्वारा विभिन्न  विधाहरुमा  २  दिने  तालिम  प्रदान गरिने  छ ।

यस  प्रतियोगितामा  प्रथम  हुने  कलेजलाई पुरस्कार स्वरुप रु. २,५०,०००, दास्रो  स्थान  प्राप्त  हुने कलेजलाई  रु. १,००,००० र  तेस्रो  स्थान  प्राप्त  हुने  कलेजलाई  रु. ७५,००० प्रदान  गरिने  छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *