ब्राण्ड पहिचान अद्यावधिक गर्दै ओपो

Gears up to strengthen position in the premium segment with Reno series launch in Nepal

जेठ १९, काठमाडौं ।

ब्राण्ड पहिचान अद्यावधिक गर्दै ओपो, रेनो सिरिजको साथमा प्रिमियम श्रेणीमा आफ्नो स्थानथप सुदृढ बनाउँदै

उपभोक्ता केन्द्रित आफ्ना सिद्धान्तलाई थप सुदृढ गर्दै वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्ड, ओपोले आफ्नो नयाँ ब्राण्ड पहिचान (ब्राण्ड आइडेन्टिटी) प्रस्तुत गरेको छ । नयाँ ब्राण्ड आईडेन्टिटीले गुणस्तर, कलात्मकता र हरेक विवरणमा पृथकता केन्द्रित ब्राण्डको अद्यावधित पहिचान प्रस्तुत गरेको छ ।
स्मार्टफोनमा नव प्रबर्तनका लागि अग्रणीका रुपमा परिचत ओपोले नयाँ ब्राण्ड आईडेन्टिीटी निर्माणका लागि न्यू योर्कको पेन्टाग्रामका ख्याती प्राप्त डिजाइनर, एडी ओपारा संग सहकार्य गरेको छ । ओपोको नयाँ ब्राण्ड आईडेन्टिटीले सफलता पूर्वक कम्पनीको रोमाञ्चक विकास र हालको बृद्धि तथा सफलता प्रतिबिम्बित गरेको छ । नयाँ ब्राण्ड ईमेजरीले थप सरल र सममित लोगो अनावरण गरेको छ । ओपोको विशेष कर्भ (बक्र)का साथ चरितार्थ गरिएको नयाँ लोगो पृथक तर निकै आकर्षक देखिन्छ । साथै, यसको डिजाइनमा श्रृजनशिलताका लागि पर्याप्त स्थान दिइएको छ । ईमेजरीमानयाँ रंग प्रणाली (कलर सिष्टम) र भिज्यूअल ले–आउटका साथै कस्टम टाइपफेस, ओपो सान्सपनि समावेश गरिएको छ । नयाँ ब्राण्ड ईमेजले ओपोको वैश्विकस्तरमा बृद्धि र बढ्दो पहुँचको प्रतिनिधित्व गर्दछ ।
नव प्रबर्तन तथा श्रजनशीलताका लागि निरन्तर्ताका साथै ओपोले आफ्नो उत्पादन पोर्टफोलियोमा नयाँ सिरिजका रुपमा रेनो सिरिज पनि सार्वजनिक गर्ने तयारी गरेको छ । श्रृजनशिलतालाई विशेष ध्यानमा राखि विकासित रेनो सिरिज पृथक सोच राख्ने श्रृजनशिल यूवा ट्रण्डसेटर्स लक्षित फोन हो ।
ओपोको रचनात्मक भिजनको प्रतीक रेनोले नेपालमा ओपो स्मार्टफोनको विकासका लागिआउँदो १० बर्षका लागि उत्पे्ररकको काम गर्ने कम्पनीको अनुमान छ । यही भिजनका साथ ओपोले नयाँ उत्पादन अवधारणा, डिजाइन दर्शन र संचार मोडलका साथमा‘आई’म रेनो’ ब्राण्ड क्याम्पेन सञ्चालनमा ल्याएको छ । ‘आई’म रेनो’ क्याम्पेन अन्तर्गत ओपोले विश्वभरका प्रसिद्ध कलाकार संग सहकार्य गरी श्रृजनशिलताको शक्ति दर्शाउने प्रयास गरेको छ ।

ओपोद्वारा वैश्विक समुदायका लागि विकसित उत्पादन सिरिजका रुपमा रेनो, ओपो सञ्चालनमा रहेका सबै बजारमा उपलब्ध गरिनेछ । चीन र यूरोपमा सार्वजनिक पश्चात प्राप्त अतुलनियमायाँ र सराहना पश्चात नेपाली बजारमा पनि ओपो रेनो सार्वजनिकका लागि तयार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here