भरतपुरमा दुई दिने ‘वर्डक्याम्प नेपाल २०२२’ हुँदै

WordCamp Nepal 2022

३०, असोज २०७९ काठमाडौं।

वर्डप्रेस नेपालले सन २०१२ देखि नेपालमा वर्डक्याम्प आयोजना गर्दै आइरहेको छ । वर्डक्याम्प वर्डप्रेससम्बन्धी विश्वव्यापी रूपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो ।

विश्वका ६५ देशका ३७९ शहरहरूमा एक हजार एक सय चौबीस वर्डक्याम्पहरू सम्पन्न भइसकेका छन् । नेपालमा पनि हालसम्म देशको राजधानी काठमाडौं, पोखरा, भरतपुर, विराटनगर र बुटवल गरी १४ वटा वर्डक्याम्प सफलतापूर्वक सम्पन्न भइसकेका छन्।

यसपटक चितवन जिल्लाको भरतपुरमा वर्डक्याम्प नेपाल २०२२ को बृहत् कार्यक्रम हुन गइरहेको सहर्ष जानकारी गराउन चाहन्छौं ।

नेपालमा आयोजित वर्डप्रेस सम्बन्धी यो सबैभन्दा ठूलो कार्यक्रमको रूपमा हामीले बुझेका छौं । भरतपुरको चितवन गार्डेन रिसोर्टमा कात्तिक १९ र २० गते आयोजना हुने वर्डक्याम्पमा वर्डप्रेस डिभेलोपर्स, प्रयोगकर्ता र यसप्रति चासो राख्ने पाँचसय भन्दा बढीले हालसम्म सहभागिताका लागि नाम दर्ता गराइसक्नुभएको छ।

.दुई दिने वर्डक्याम्पलाई हामीले इभेन्ट डे र कन्ट्व्यिसन डे भनेर दुई भागमा विभाजित गरेका छौं । यसक्रममा आपसी जनसम्पर्क विस्तार र सहभागी बीच अनुभवहरूको आदानप्रदान हुने छ ।

सहभागीहरूले उपलब्धिमुलक ज्ञान र जानकारीहरू विश्वस्तरका स्पीकर्सबाट प्राप्त गर्ने छन् । सहभागीहरू बीच एक आपसमा सौहार्द, मित्रवत र खुला हृदयका साथ प्रस्तुत भई वर्डक्याम्प नेपाल अगाडि बढाउनका लागि हामीले आचारसंहिता नै बनाएका छौं ।

सबै वर्डक्याम्पहरूको साझा विशेषता के रहने गरेको छ भने वर्डप्रेससँग सम्बन्धित अनौपचारिक समुदायले यसको आयोजना गर्ने, वर्डप्रेससँग चासो राख्ने तथा यसको प्रयोग र विकास गर्ने व्यक्तिहरू सहभागी हुने ।

वर्डप्रेस प्रयोगकत र डिभेलपर्स तथा यसका पारखीहरूलाई एकै ठाउँमा ल्याउने, अनुभव आदान प्रदान गर्ने र यस सम्बन्धी संजाल निर्माण गरी अवसरहरूको सदुपयोग गर्न प्लेटफर्म निर्माण गर्ने यो वर्डक्याम्पको मुख्य उद्देश्य हो ।

२५ भन्दा बढी अनुभव राष्ट्रिय तथा अन्तराष्ट्रिय स्पिकरहरूले विभिन्न शीर्षकमा प्रस्तुती दिने, जनसम्पर्क विस्तार र अवसरहरूको आदानप्रदान वर्डप्रेस कार्यशाला, वर्डप्रेसको विकासका लागि योगदानविज्ञहरूसँग प्रत्यक्ष सम्पर्क र बिभिन्न शत्र यो क्याम्पका मुख आकर्षण हुन्।

वर्डक्याम्प नेपाल २०२२ को ग्लोबल लिडमा वर्डप्रेस नेपालका अध्यक्ष एवं वर्डप्रेस नेपाल कम्प्युनिटीका स्वास खड्का लोकल लिडमा वर्डप्रेस डिभेलोपर विकास पुन हुनुहुन्छ । उक्त कार्यक्रमलाई ग्लोबल कम्युनिटीका डेपटी यामबहाद क्षेत्रीले मेन्टरिङ गर्नुभएको छ। आर्थिक व्यवस्थापन, स्पीकर तथा प्रायोजकहरूसँग समन्वय र स्वयंसेवकहरूक व्यवस्थापनका लागि पनि हामीले छुट्टाछुट्टै जिम्मेवारी लिएर काम अगाडि बढाइरहेका छौं ।

प्रचारप्रसार, कार्यक्रमस्थर व्यवस्थापन र इभेन्ट ब्रान्डिङलगायतका कामका लागि पनि जिम्मेवारी तोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here