नेपाल–इटाली उद्योग बाणिज्य संघले नेपाल र इटालीबीच व्यापार संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने

Nepal-Italy-Chamber

२७ असोज २०७९ काठमाडौं।

नेपाल-ईटाली उद्योग बाणिज्य संघ (एनआईसीसीआई) बीच यही असोज २४ गते द्विपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा नेपालमा व्यापार विकास र यसमा लगानी बारे छलफल भएको थियो ।

एनआईसीसीआईका उपाध्यक्ष श्री सञ्जय अग्रवालले नेतृत्व गर्नुभएको उक्त बैठकमा नेपाल, भारतका लागि ईटालीका राजदूत श्री भिन्सेन्जो डे लुका, ईटालीको लागि कोलकाताका महावाणिज्य दूत श्री जियानलुका रुबागोटी, ईटालीको लागि दिल्लीका महावाणिज्य दूत र ईटालीका लागि नेपालका महावाणिज्य दूत श्रीमती प्रतिमा राणा पाण्डेको उपस्थिति रहेको थियो ।

एनआईसीसीआईका मानार्थ सदस्य राजेश काजी श्रेष्ठ विशेष अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो साथै एनआईसीसीआईका अन्य वरिष्ठ कार्यकारी समिति सदस्यहरू बैठकमा उपस्थित थिए ।

इटालियन राजदूत भिन्सेन्जो डे लुकाले भन्नुभयो “ईटालियन दूतावासले ईटालियन उत्पादन र नेपालमा उपलब्ध सबै उत्पादनहरूको व्यापार मेला आयोजना गर्ने योजना बनाएको छ ।

हामीले ईटालियन उत्पादनलाई नेपालमा प्रचार प्रवद्र्घन गर्न विभिन्न परियोजनाहरू आयोजना गर्ने र नेपाली उत्पादनलाई पनि ईटालीमा प्रचार प्रवद्र्घन गर्ने योजना बनाएका छौँ ।” उहाँले विभिन्न विकास क्षेत्रमा लगानी गर्ने चासो देखाउँदै नेपालका उद्यमी र व्यवसायहरु ईटालीमा फस्टाउनका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।

एनआईसीसीआईका उपाध्यक्ष सञ्जय अग्रवालले भन्नुभयो नेपाल-इटाली उद्योग बाणिज्य संघ(एनआईसीसीआई) ले २०३० मा रोममा हुन गईरहेको ‘ग्रान्ड ईन्टरनेशनल एक्स्पो’ मा नेपाललाई हिस्सा बनाउने लक्ष्य राखेको छ ।

जलवायु परिवर्तन, विविधता र समावेशीकरणबाट खतरामा परेका क्षेत्र र समुदायहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय विकेन्द्रीकरण र गतिशीलता, आर्थिक र सामाजिक विकासको लागि डिजिटल कनेक्टिभिटी जस्ता कुराहरुबाट नेपाललाई विकास र पुनरुत्थानको क्षेत्रलाई समेट्ने लक्ष्य लिईएको छ ।

एनआईसीसीआईले आगामी मार्च २०२३ मा ईटालीमा आयोजना हुने ‘मिलान ट्रेड फेयर २०२३’ मा नेपाली व्यापार, उत्पादन र संस्कृतिको प्रवद्र्घन गर्न प्याभिलियन राख्ने योजना बनाएको छ ।

नेपाल र ईटाली साँस्कृतिक रुपमा धनी छन् र एकआपसमा आफ्ना सँस्कृति आदानप्रदान गर्दै आईरहेका छन् । सन् २०१५ मा नेपालमा गएको भूकम्प पछि ईटाली र नेपालको सम्बन्धमा नयाँ आयाम थपिएको छ जसमा नेपालका लागि ईटालीले आर्थिक सहयोग जुटाएको थियो ।

यो बैठकले नेपाललाई ईटालीमा नेपालको व्यापार र पर्यटन प्रवद्र्धन गर्ने अवसर प्रदान गरेको छ साथै ईटालीले पनि नेपालमा व्यापार र पर्यटन प्रवद्र्धन गर्ने अवसर पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here