महिलालाई विज्ञापनको साधन बनाइनु हुँदैन : मन्त्री शर्मा

२१ वैशाख, काठमाडौं। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाइनु नहुने बताएकी छन् । बिहीबार ललितपुरमा आयोजित विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले कुनै पनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने अवस्था आउन दिन नहुने बताएकी  हुन् ।

उनले भनिन्, ‘विज्ञापनको कन्टेन लैङ्गिक संवेदनशील हुनुपर्ने उल्लेख गरिन् । उनले भनिन्,’विज्ञापनको कन्टेन लैङ्गिक संवेदनशील हुनुपर्छ । त्यसले कुनै विषयमा कतैपनि घोचपेच गरिएको हुनु हुँदैन।’ हाम्रो संविधान, कानून, भएको कुरा उल्लंघन भएको हुनु हुँदैन। महिलालाई विज्ञापनको साधन बनाउनु हुँदैन।’

उनले कुनै पनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने अवस्था आउन दिनु नहुने बताइन् । उनले कतिपयले महिलाको सुन्दरताका कारण विज्ञापनमा देखिने गरेको भनेपनि सुन्दरताका लागि मात्रै महिलाहरु विज्ञापनको साधन बन्नेकुरा आफैँमा गलत रहेको बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here