क्यान महासंघका निवर्तमान अध्यक्ष विट्साको ‘वोर्ड अफ डाइरेक्टर्स” मा निर्वाचित

WITSA New Leadership

२ असोज २०७९ काठमाडौं।

क्यान महासंघका निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरासिया वर्ल्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्स – विट्सा (World Information Technology and Services Alliance – WITSA) को सन् २०२२ -२४  कार्यकालको निम्ति बोर्ड अफ डाइरेक्टरमा पुनः निर्वाचित हुनुभएको छ ।

गत हप्ता बसेको विट्साको वार्षिक साधारणसभामा क्यान महासंघको प्रतिनिधित्व गर्दै चौरासिया सो पदमा आफ्नो तेश्रो कार्यकालका निम्ति निर्वाचित हुनुभएको हो । यसअघि उहाँ सन् २०१८ – २० कार्यकालको निम्ति क्यानमा महासंघबाट प्रतिनिधित्व गर्दै सोही पदमा निर्वाचित हुनुभएको थियो भने सन् २०२० – २२ कार्यकालमा कोषाध्यक्ष हुनुहुन्थ्यो ।

चौरासियाले सन् २०१७ देखि २०१९ कार्यकालका निम्ति क्यान महासंघमा अध्यक्षको रुपमा नेतृत्व गर्नुभएको थियो ।

द नेशनल टेक एसोसियशन अफ मलेशिया (पिकोम)का अध्यक्ष डा. शिन सीहको अध्यक्षतामा निर्वाचित २० सदस्यीय समितिमा ५ महादेशवाट प्रतिनिधित्व गर्दै मलेसिया, ब्राजिल, स्पेन, वर्मुडा, दक्षिण अफ्रिका, कोस्टारिका, जोर्डन, हंगकंग, बहराईन, नाइजेरिया, नेपाल, उत्तरी म्यासेडोनिया, क्यानाडा, अर्जेन्टिना, बङ्गलादेश, जापान, ताईवान, ईजिप्ट, रोमानिया र अर्मेनियाका सूचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरु निर्वाचित हुनुभएको छ ।

विश्वका विभिन्न ८० देशमा सदस्यहरु रहेको विट्सा,  विश्वको सूचना प्रविधिसम्बन्धी हुने समग्र आर्थिक कारोबारको ९० प्रतिशत प्रतिनिधित्व गर्छ ।

चौरासिया बोर्ड अफ डाइरेक्टरमा निर्वाचित हुनुभएकोमा क्यान महासंघ उहाँको सफल कार्यकालको कामना गर्दछ ।

साथै,  विट्सामा उहांको प्रतिनिधित्वले बदलिंदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुंच एवं सुचना तथा संचार प्रविधि – देश विकाशको नयाँ रणनीतिक स्तम्भको रूपमा स्थापित गर्ने क्यान महासंघको प्रयासमा मदत पुग्ने विश्वास क्यान महासंघको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here