नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र होटल स्टार चितवन प्रा.लि. बिच सम्झौता

Narayani Development Bank Logo

२ असोज २०७९ काठमाडौं।

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र होटल स्टार चितवन प्रा.लि. बिच नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका बिशेषधिकार कार्ड होल्डरहरुलाई होटल स्टार चितवन प्रा.लि.ले प्रदान गर्ने सेवा सुबिधामा बिषेश छुट दिने सम्झौता सम्पत्र भएको छ ।

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री पशुपति पौडेल र होटल स्टार चितवन प्रा.लि.का अध्यक्ष भेषराज दुवाडी ले उक्त छुट सुबिधाको सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका बिशेषधिकार कार्ड होल्डरहरुले होटल स्टार चितवन प्रा.लि.को सेवा उपयोग गर्दा रुम चार्जमा २० प्रतिशत, खानामा १० प्रतिशत र कार्यक्रम तथा समारोह गर्दा ६ प्रतिशत छुट प्राप्त गर्ने छन ।

बैंकले बिभित्र बचतकर्ताहरु, शेयरधनीहरु लगाएत अन्य सरोकारवालाहरुलाई बिभित्र मापदण्डको आधारमा बिशेषधिकार कार्ड उपलब्ध गराउने र सो कार्डको आधारमा स्टार होटल वाट लिने सेवामा छुट लिन सक्ने छन ।

यस सम्झौतावाट बैंक तथा होटल दुवै पक्षको ब्यावसायिक सम्बन्ध तथा ब्यावसाय सुदृढ हुने बिश्वास बैंकले लिएको छ।

बैंकका बिशेषधिकार कार्ड होल्डरहरुलाई होटलले प्रदान गरेको छुट सुबिधामा बैंक प्रशत्रता ब्यक्त गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here