WITSA मा क्यान महासंघका अध्यक्ष बिनोद ढकाल

0
8

वल्र्ड इनफरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलायन्स विट्साको बोर्ड अफ डिरेक्टरमा क्यान महासंघका अध्यक्ष ई. बिनोद ढकाल निर्वाचित भएका छन् । विट्सामा नेपालको तर्फबाट पहिलो पटक बोर्ड अफ डिरेक्टरको अवसर ढकालले पाएको हुन् । विट्साको सहभागीताले नेपालको आइसीटी क्षेत्रको विकासमा सहयोग पुग्ने क्यान महासंघका अध्यक्ष ढकालले बताए । विट्सामा ८२ देशका आइसीटी व्यवसायीको सहभागीता रहेको छ । २५ मुलुकका आइसिटी व्यवसायी सहभागी कार्यसमितिको अध्यक्ष भने ताइवानले हात पारेको छ ।