सरकारले सूचना र प्रविधिलाई प्राथमिकतामा राखेन, क्यान महासंघ

Internet service industry

शनिबार, वैशाख २७, २०७७

सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई अत्यावश्यक सेवाअन्तर्गत सम्बोधन गर्न क्यान महासंघले संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव मार्फत संचार तथा सूचना प्रविधि मन्त्री माननीय डा. युवराज खतिवडालाई शुक्रवार मन्त्रालयमा ज्ञापन पत्र प्रदान गरेको छ। क्यान महासंघका अध्यक्ष नवराज कुंवरले हस्ताक्षर गरेको ज्ञापनपत्र पेश गर्न महासचिव नारायण थापा, संस्थापक अध्यक्ष डा. बिमल कुमार शर्मा र क्यान महासंघका प्रबन्धक सुबास पौडेलले मन्त्रालयमा उपस्थितभई सचिव समक्ष ज्ञापनपत्र बुझायो।

ज्ञापन पत्रमा भनिएको छ।

विश्वव्यापी महामारी कोरोना भाइरसको जोखिम फैलिएसँगै नेपाल सरकारले आम जनताको स्वास्थ्य र जीवनरक्षाका लागि गत चैत ११ गते देखि देश ब्यापी बन्दा बन्दीको घोषणा गरेको छ। समग्र विश्वलाई नै चपेटामा पारेको महामारी र त्यसबाट बच्न लागु गरिएको बन्दाबन्दीले नेपालको अर्थतन्त्रलाई नराम्ररी थला पारेको छ। खाद्यान्नऔषधी र अत्यावश्यक वस्तुका केही उद्योगबाहेक अन्य सबै व्यवसाय ठप्प हुंदै गर्दा दशौं लाख कर्मचारी तथा मजदूरको रोजगारी प्रभावित भएको छ।

यसै वीच मन्त्रीपरिषदको बैशाख २४ गते बसेको बैठकले बन्दाबन्दीलाई आगामी जेठ ५ गते सम्म लम्ब्याउने र थप उद्योगधन्दाहरु सुचारु गर्ने निर्णय गरेको जुन निश्चय पनि स्वागतयोग्य कदम हो। तर ३ दर्जनभन्दा बढी उद्योग तथा व्यवसाय सुचारु गर्ने सूची प्रस्तुत गरे पनि त्यसमा सञ्चार तथा सूचना प्रविधि क्षेत्र समेटिएको देखिएन।

हिंडडुल निषेध गरिएको बन्दाबन्दीको समयमा औषधी उपचार पछि सबैभन्दा महत्वपूर्ण सेवा कुनै छ भने त्यो सञ्चार तथा सूचना प्रबिधिको क्षेत्रनै हो। आममानिसहरु टेलिफोन र इण्टरनेटको प्रयोग गरी स्वदेश तथा विदेशमा भएका आफन्तहरुसँग कुरा मात्र गरिरहेका छैनन्समाचार तथा सूचना प्राप्त गरेका छन्अनलाईनबाटै बैंकिङ सेवा लिने दिने गरेका छन्वस्तु तथा सेवा खरीद गरेका छन् र शिक्षा तथा तालीम लिएका छन्दिएका छन्।

त्यसैले अप्ठ्यारो समयमा सूचना तथा सञ्चारको सुविधा विनाको व्यक्तिगतसामाजिक तथा व्यावसायिक जीवनको परिकल्पना गर्न सकिंदैन। यद्यपि यति हुँदाहुँदै पनि सरकारको प्राथमिकतामा यो क्षेत्र नपर्नुलाई हामीले विडम्बना मानेका छौं। वस्तुतः सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा दूरसञ्चार कम्पनीइण्टरनेट सेवा प्रदायकसर्भिस प्रदायककम्प्युटर तथा मोबाइल मर्मत केन्द्रहार्डवेयर विक्रेता र सफ्टवेयर एवम् एप्लिकेशन निर्माता कम्पनीहरुले संकटको समयमा अत्यन्तै महत्वपूर्ण सुविधा उपलब्ध गराएका छन्। तर बन्दाबन्दीका कारण उनीहरुलाई आफ्ना कर्मचारी तथा कामदारहरुलाई आवश्यक परेका स्थान तथा कार्यालयमा पठाउन र सेवा दिन अत्यन्तै असुविधा परेको छ। सूचना प्रविधिका नयाँ सेवा तथा सामग्रीको आपूर्ति तथा मर्मतमा आम उपभोक्ताले समस्या भोगे पनि सहयोग पाउन सकेका छैनन्।

त्यसैले क्षेत्रको महत्व र संवेदनशीलतालाई मनन गरी सरकारले तत्कालै वातावरण सहज गराउनमा ध्यान दिन र माननीय मन्त्रीज्यूले त्यसका लागि सहजीकरण गरिदिनु हुन हामी हार्दिक आग्रह गर्न चाहन्छौं। छिमेकी मुलुक भारतमामे ३ बाट नै सुचना तथा संचार प्रबिधि संग सम्बन्धित ब्यबसाय आंशिक खुल्ला गरिएको जानकारि गराउन चाहन्छौं एबं अन्तराष्टिय स्तरमा सूचना प्रविधि क्षेत्रलाई अत्यावश्यक सेवाअन्तर्गत सूचित गरिरहंदा नेपाल सरकारले सूचना प्रविधिको महत्व नबुझी यस क्षेत्रलाई प्राथमिकतामा नराखेको हुंदा यस क्षेत्रमा संलग्न सम्पुर्ण ब्याबसायी एबं क्यान महासंघ गहिरो दुख ब्यक्त गर्दछ। तसर्थ नेपाल सरकारले सूचना प्रविधि क्षेत्रको महत्व बुझी यस क्षेत्रलाई अत्यावश्यक सेवा अन्तर्गत समाबेस गरिदिनु हुन अनुरोध गर्दछ।

साथै इण्टरनेट सेवा पहिलेनै अत्यावश्यक सेवामा रहेको छतापनियो अन्तर्गत तथा अहिले खुला गरिएका उद्योगधन्दाहरु सुचारु संचालन गर्नसुचना प्रबिधि अन्तर्गत हार्डवेयर तथा सफ्टवेयर मर्मत तथा सहयोगबैंकहस्पिटल तथा खुला गरिएका उद्योगधन्दाहरुमा सेवा प्रदान गरिरहेका सेवा प्रदायक तथा उद्योग बिभागमा दर्ता भएका सुचना प्रबिधि कम्पनिहरुलाई तत्कालै सन्चालनको वाताबरण बनाइदिनुहुन अनुरोध गर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here