टप ५ २०१९ पीसीटी प्याटेन्ट एप्लिकेसन्समा ओपो पाँचौ स्थानमा

OPPO becomes the top 5 PCT filer in the rankings by company applicants

बैशाख २४, २०७६, काठमाडौं, नेपाल ।

वल्र्ड ईन्टेलेक्चुअल प्रपर्टी अर्गनाइजेसनले प्याटेन्ट कोओपरेसन ट्रिटी प्रणाली मातहत अन्तरराष्ट्रिय प्याटेन्ट आवेदन २०१९ को नतिजा घोषणा गरेको छ । १ हजार ९ सय २७ निवेदनका साथमा ओपो कम्पनी एप्लिकेन्ट्स अन्तर्गत पीसीटी फाइलरहरु मध्य उत्कृष्ट पाँचौमा पर्न सफल भएको छ ।
१५० कन्ट्रयाक्टिंग स्टेट्स सहितको अन्तरराष्ट्रिय ट्रिटी, पीसीटी मातहत १ अन्तरराष्ट्रिय प्याटेन्ट निवेदन दर्ता गराए बापत निवेदकले विभिन्न देशहरुमा आफ्नो आविस्कारको सुरक्षा प्राप्त गर्न सक्छन्। सन् २००९को सूरुवात देखि नै ओपा वैश्विकस्तरमा विभिन्न प्राविधिक क्षेत्रमा आफ्नो प्याटेन्ट एप्लिकेसन विस्तारका लागि तदारुकताका साथ लागि परेको छ। यही प्रक्रिया अन्तर्गत ओपोले आफ्नो डब्ल्यूआईपीओ ईन्टरनेसनल प्याटेन्ट्स एप्लिकेसन ¥यांकिंगलाई पछिल्लो बर्षको १७ औँ स्थानबाट पाँचौ स्थानमा झार्न सफल भएको छ ।
सन् २०२० को मार्च महिना सम्ममा ओपोले ४३००० वैश्विक प्याटेन्ट एप्लिकेसन्स दर्ता गराइसकेको छ भने, १६००० ओटाका लागि ले आधिकारिकता पनि प्राप्त गरिसकेको छ। समग्र निवेदन मध्य झण्डै ८८ प्रतिशत आविस्कार सम्बन्धित रहेका छन्। ओपोले ३ हजार भन्दा बढी फाइभजी प्याटेन्ट निवेदनदर्ता गराइसकेको छ र १ हजार ९ सय एआई प्याटेन्ट निवेदन रहेका छन्। त्यसैगरी कम्पनीले ६ हजार १ सय ईमेज प्याटेन्ट वैश्विक रुपमा दर्ता गराइसकेको छ, जस मध्य २ हजारले आधिकारिकता प्राप्त गरिसकेको छ। कम्पनीले फास्ट चार्जिंग क्षेत्र अन्तर्गतपनि वैश्विक स्तरमा २ हजार ७ सय भन्दा बढी निवेदनदर्ता गराइसकेको छ। यीमध्य १ हजार १ सयका लागि आधिकारिकता पनि प्राप्त गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here