भोडाफोनको यूरोपियली बजारमा ओपोका उत्पादनको बजारीकरणका लागि सम्झौता

Vodafone and Vodafone announce partnership agreement to bring a broad range of OPPO products

जेड ५, २०७७, शन्चन, चीन / लन्डन, यूके

ओपो र भोडाफोनले ओपोका स्मार्टफोनको ब्यापक रेञ्ज भोडाफोनको यूरोपियली बजारमा  भित्राउन बिस्तृत सहकार्यको घोषणा गरेको छ। यसको थालनी मे २०२० देखि हुने जानकारी दिइको छ।

भोडाफोनको यूरोपियली बजारमा ओपोका ब्यापक उत्पादनको बजारी करणका लागिदूई कम्पनी बिच सहकार्यको सम्झौता:

भोडाफोनको च्यानल उपयोग गर्दै क्रमबद्ध रुपमाओपो पहिले भोडाफोनका यूरोपियली बजारहरु जर्मनी, यूके, स्पेन, पोर्टूगाल, रोमानिया, टर्की र नेदरल्याण्ड्समा प्रवेश गर्ने।
ओपोको फोरजी र फाइभजी स्मार्टफोन्सका ईन्ट्रि–लेभल देखि स्टेट–अफ–आर्ट फ्ल्यागशिप उत्पादन मार्फत भोडाफोनका उपभोक्ताले ओपोको उत्पादनहरुका फराकिलो रेञ्ज उपभोग गर्न पाउने
सहकार्यले ओपो र भोडाफोन दूबैलाई फाइभजी एडप्सन प्रक्रियामा तिब्रता ल्याउन सघाउ पुग्नुका साथै ओपोका उत्पादन भोडाफोनका बजार तथा उपभोक्ता मार्फत सहज उपलब्धतामा सेवा पुग्ने

नवप्रबर्तनात्मक उत्पादन पोर्टफोलियो सुसज्जित अग्रणी स्मार्टफोन ब्राण्ड तथा अत्याधुनिक फाइभजी प्रविधिका ज्ञाता ओपोको बार्षिक ह्याण्डसेट शिपमेन्ट १०० मिलियन भन्दा बढी रहेको छ। ओपो र भोडाफोन बिचको यो सहकार्यले उपभोक्तालाई अझ ब्यापक छनोटको अवसर प्रदान गर्नुका साथै भोडाफोनका अन्तरराष्ट्रिय बजारमा फाइभजी एडप्सनमा तेवा तथा थप तिब्रता प्रदान गर्ने निश्चित छ।

भोडाफोनका रिटेल तथा अनलाइन च्यानल मार्फत ओपोका बजेट फोनदेखि उद्योगकै अग्रणी फाइभजी फ्ल्यागशिप स्मार्टफोन (ए सिरिज, रेनो सिरिज र फाइन्ड एक्स सिरिज) लगायत फोनहरु उपलब्ध गराइने छ।
सहकार्यको पहिलो चरणमा भोडाफोनले ओपोका उत्पादनहरु जर्मनी, यूके, स्पेन, पोर्टूगाल, रोमानिया, टर्की र नेडरल्यान्न्ड्समा रिटेल च्यानल मार्फत उपलब्ध गराउने छ। यो ग्लोबल पार्टनरशिपको विकासका लागि ओपोका उत्पादन भोडाफोनको बजारमा सहज उपलब्धताका लागि दूबै कम्पनीले संयुक्त रुपमा सटिक पहलहरु गर्नेछन् ।
ओपोले आफ्ना उत्पादनहरु अधिकतम रुपमा ईन–हाउस गर्ने गरेको छ। साथै, कम्पनीका धेरै जसो उत्पादन केन्द्रहरु साधारण रुपमा सञ्चालनमा आइसकेको छ। फिजिकल रिटेलमा हाल कठिनाइ रहेको अवस्थामा दूबै कम्पनीहरु अनलाइन विक्रि च्यानल विकासकालागि ध्यान दिँदै आफ्ना उपभोक्तालाई निरन्तर सेवा उपलब्ध गराउन प्रयत्नरत छन्। क्रमबद्धरुपमा बन्देजहरु खुकुलो गरिँदै लैजाँदा भोडाफोन संग सहकार्य गर्दै आफ्ना कर्मचारी तथा उपभोक्ताको सुरक्षार्थ ओपो र भोडाफोन विशेष सजगता अपनाउने छ।
यही मे महिनादेखि ओेपोका विभिन्न उत्पादनहरु भोडाफोन मार्फत जर्मनी, यूके, स्पेन, पोटूृगल, रोमानिया, टर्की र नेडरल्यान्ड्समा उपलब्ध गराउँदै लगिने छ। ओपो र भोडाफोन मार्फत अन्य देशमा उपलब्ध गराइने उत्पादनहरुका बारेमा थप जानकारी विस्तारै प्रवाहित गरिने जानकारी दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here