कालापानी, लिपुलेक काे यथार्थ र स्थिति

Khanal Krishna

बुधबार, जेठ ७, २०७७

पश्चिम नेपाल र भारतलाई सिमा वनाएर महाकाली नदि वग्दछ। याे महाकालीकाे उद्दगम लिम्पियाधुराकाे जाेलाङ्ग ताल लिपुलेक हाे।
भविष्यमा नेपालका कुनै पनि राजा महाराजाले महाकाली पारिकाे भू-भाग दावि गर्ने छैन भनी व्रिटिश सँगै सन्धि गरिएको थियाे। तर त्यतिवेलाकाे सन्धिपत्र र नक्सा व्रिटिशले नेपाललाई नदिएका कारण हालसम्म पनि साे नक्सा भने नेपालसँग नभएको जानकारहरु वताउँछन्। १ ईन्च वरावर १ माईल हुने गरि छापिएको उवेलाकाे नक्सा नभए पछि हाल हामीसँग सुगाैली सन्धिमा लेखिएको नेपाल काे पश्चिम सिमाना महाकाली नदि हुने छ भनि लेखिएकाे कागज मात्र रहेकाे विज्ञहरु वताउँछन्।
भारत र चिन विच युद्ध हुँदा भारत ले नेपालकाे १८ वटा स्थानमा सैन्य क्याम्प राखेकाे थियो। युद्धको अन्त्य पछि सन् 1969 मा प्रधानमन्त्री कृतिनीधि विष्टकाे पालामा १७ स्थानका भारतीय क्याम्पहरु हटाईएका थिए भने कालापानीमा रहेको क्याम्प किन हटाईएन प्रमाण पुग्दाे सवाल अनुत्तरित नै छ।
नेपालकाे अस्थिर राजनीति सँगै सरकार र मन्त्रीहरु फेरिदै गए। तर कालापानी काे याे व्यथा ज्यूँ का त्यूँ छ। लिपुलेक सामरिक महत्व मात्रै नभएर मानसरोवर प्रर्यटकीय मार्गहाे जसकाे माध्यमवाट नेपालले प्रशस्त राजश्व प्राप्त गर्दछ। 
चिन तर्फ अति सामरिक महत्त्वपूर्ण स्थान भएकाले भारत नेपालीको उक्त भू भागलाई आफुमै विलय गर्ने चाल चल्याे।

साेहि याेजना अनुरुप भरतले सन् 2005 मा थाेरै वजेटका साथ आफ्नो आर्मीको BRO, वाेडर राेड अर्गनाइजेसन मार्फत लिपुलेक च्यप्दै राेड वनाउन शुरु गर्याे। सन् 2008 वजेट थप्याे। सन् 2012 मा त झन् लामै दुरीकाे वाटाे नेपालतर्फ खन्याे। सन् 2018 मा त माेदी सरकारले महत्त्वपूर्ण याेजनामा पर्दै पुरै वजेट खर्च गर्याे र करिव २२ किलोमिटर लामाे वाटाे नेपाल तर्फ खन्याे। साेहि राेडकाे नै।हाल उद्घाटन गरिएको हाे। साे राेड वने पछि नेपाल काे ३७२ वर्ष किलाेमिट भू-भाग पूरै अतिक्रमण गरेकाे छ।
भारतले नेपाल र भारत काे सिमाना नै सार्ने र महाकालीको मुहानै नक्कली सावित गर्ने प्रयत्न गरेकाे छ र एउटा मन्दिर भएर वग्ने कृतिम खाेलालाई नै काली नदिकाे मुहान सावित गर्न खाेज्दैछ। तर जानकार एवं विज्ञका अनुसार उक्त भू-भाग नेपाल काे भएकाे प्रशस्त प्रमाण हरु रहेकाे वताउँछन्। २०१८ सालकाे जनगणना मा त्यस क्षेत्रमा करिव १६०० जनताले आफ्नो मताधिकार र नेपाल लाई तिराे तिरेकाे प्रमाण रहेकाे वताउँछन्।
मे 15, 2015 मा नेपाल भारत र चिन वीच त्रिपक्षिय 41 वुँदे सम्झौता भएका छ। सम्झौताको 18 औं वुदामा लिपुलेक लाई त्रिपक्षिय वाटाेकाे रुपमा प्रयाेग गरिने उल्लेख छ।
हालकाे मुख्य समस्य भनेकाे भारतले काली नदिकाे नक्कली मुहान स्तापित गरि नेपालकाे ३७२ वर्ग कि. मि. भूमि हडप्नु र नेपाल तर्फ करिव २२ कि मि राेड निर्माण गरि उद्घाटन समेत गर्दा पनि आफ्नो अधिकारका लागि नेपाली लाचारशीलताका कारण नेपाल र नेपाली ले न्याय नपाउनु नै हाे।

(कृष्णप्रसाद खनाल , भरतपुर ११ चितवन)
(स्नातकोत्तर , समाजशास्त्र – टि. यू.)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here