भिभोद्वारा अल राउण्ड फोटोग्राफीका लागि उत्कृष्ट फ्रन्ट क्यामरायुक्त भी२३ई सार्वजनिक

vivo V23e Camera

६ माघ २०७८, काठमाडौं ।

भिभोद्वारा अल राउण्ड फोटोग्राफीका लागि उत्कृष्ट फ्रन्ट क्यामरायुक्त भी२३ई सार्वजनिक

  • भिभो भी२३ई अनलाइन प्रि-बूकिङका लागि दराजमा मात्र १६ देखि १९ जनवरीसम्म उपलब्ध
  • अफलाइन प्रि-बूकिङ १८ देखि २४ जनवरीसम्म
  • १८ देखि २४ जनवरीसम्म प्रिबूकिङ गर्ने उपभोक्ताले भिभो डीडब्लूएस २ई पाउने

भिभोले आज थुप्रै नवीन फिचरमध्येको एक रहेको सेल्फी फोटोग्राफीलाई उचाईमा पुर्याउने ५० मेगापिक्सेल अटो फोकस पोर्ट्रेट सेल्फी फ्रन्ट क्यामरायुक्त भी२३ई सार्वजिनक गरेको छ।

भी२३ई ले सुधारिएको अटोफोकस तथा रमाइलो पोर्ट्रेट फिचरका माध्यमबाट सेल्फीहरुमा स्पष्टता र स्थिरता प्रदान गर्दछ भने एआई एक्स्ट्रिम नाइट पोर्ट्रेट मोडले रातको समयमा सेल्फी लिँदा पनि फोटो अँध्यारो आउँदैन।

डबल एक्सपोजर मोड, अपग्रेड गरिएको डुअल-भ्यू भिडियो तथा स्टेडिफेस सेल्फी भिडियो फिचरका कारण यसको फोटो/भिडियो खिच्ने शूटिङ एक्सपेरियन्समा पनि निकै सुधार ल्याइएको छ।

‘भिभोमा हामी सधैं हाम्रा उपभोक्ताको आवश्यकता पूरा गर्नेमा केन्द्रित हुन्छौं, र हाल सुपथ मूल्यमा शानदार सेल्फीको अनुभव प्रदान गर्ने ह्याण्डसेटको माग निकै बढेको छ’, भिभो नेपालका मुख्य कार्यकारी अधिकृत मिशेलले भने, ‘रमाइलो गर्न र आफ्ना सेल्फ पोर्ट्रेटमा सिर्जनशीलता थप्न चाहनेहरुका लागि उद्योगकै अग्रणी फ्रन्ट क्यामरा तथा इनोभेशनले भरिपूर्ण फिचरहरुयुक्त भी२३ई को डिजाइन गरिएको हो।

उद्योगकै अग्रणी ५० मेगापिक्सेलको फ्रन्ट क्यामराले सेल्फी कलालाई परिवर्तन गर्ने

भिभो भी२३ई मा उद्योगकै उत्कृष्ट फ्रन्ट क्यामरा, अटो फोकस तथा विभिन्न पोर्ट्रेट मोडहरुमा उपलब्ध एआई एक्स्ट्रिम नाइट पोर्ट्रेट मोड र मल्टि-स्टाइल पोर्ट्रेटजस्ता अत्याधुनिक इनोभेशनको सम्मिश्रण रहेको छ। ५० मेगापिक्सेलको अटो फोकस पोर्ट्रेट सेल्फीले उत्कृष्ट रंग संयोजन तथा उच्च स्पष्टतायुक्त सेल्फी तयार पार्दछन्। नयाँ आई-अटोफोकसले व्यक्तिका आँखालाई निकै पारखका साथ ट्र्याक गर्दछन् जसका कारण प्रयोगकर्ताले फ्ल्याश बलेको बेला पनि रमणीय पलहरुलाई कैद गर्न सक्दछन्।

प्रयोगकर्ताले अति अँध्यारो अवस्थामा पनि एआई एक्स्ट्रिम नाइट पोर्ट्रेटका सहायताले फोटो लिन सक्दछन् भने मल्टि स्टाइल पोर्ट्रेट मोडले प्रयोगकर्तालाई अझ कलात्मक र रमाइला फोटोहरु लिन मद्दत गर्दछ। यसबाहेक, डुअल-भ्यू भिडियोले एकै पटक अगाडि र पछाडिको क्यामराले दुवै कोणबाट एडजस्ट गर्न सकिने आस्पेक्ट रेशियोसहितको अविस्मरणीय भिडियो खिच्न सहयोग पुर्‍याउँछ।

डबल एक्स्पोजर अर्को रमाइलो फिचर हो। यसमार्फत् प्रयोगकर्ताले आफ्ना अन्य भिजुअलमा ब्याकग्राउण्ड फोटोहरु

इम्पोर्ट गर्न सक्छन् जसले स्टाइल तथा सिर्जनशीलताको असीमित सम्भावनालाई प्रस्तुत गर्दछ। यस्तै यसको स्टेडिफेस सेल्फी भिडियो मोडमार्फत् शानदार भिडियो स्टेबिलाइजेशनको सहायताले सेल्फी लिँदा हल्लिने वा ब्लर आउने समस्यालाई टाढै राख्छ।

स्टाइलिश पातलो डिजाइनमा थुप्रै फिचर भरिपूर्ण

जम्मा ७.३६ मिलिमिटर मोटाइ भएको नयाँ भी२३ई निकै पातलो र हलुका रहेको छ। यसमा अत्याधुनिक उत्पादन प्रक्रियाबाट निर्मित नयाँ डिजाइन तथा २.५ डी को पातलो फ्रेम राखिएको छ।

भी२३ई मूनलाइट श्याडो एडिशनमा नानोस्केल प्रोसेसेङ सिर्जना गर्ने नवीन सेरामिक फिल्म कोटिङ रहेको दावी गरिएको छ जसले अझ गहन भव्यता र कलासिक छनक प्रस्तुत गर्दछ।

यस्तै सनशाइन कोस्ट एडिशनमा भने यसको उल्टो स्पोर्ट्स एन्टि-ग्लेयर ग्लास दिइएको छ जसलाई प्रयोग गर्दा रेशम जस्तै स्पर्श र हरियो जेड स्टोनको झैं न्यानोपनाको अनुभव हुन्छ। प्रयोग गरिएका रंगहरुले पनि भी२३ई लाई यसको सुधारिएको फेशनेबल स्टाइलमा अझ भिन्न-भिन्न कोणबाट रंगहरुका लहर मिसाएर निकै आकर्षक झलक दिएको छ। प्रविधि र प्रकृतिको सम्मिश्रणबाट भी२३ई ले ब्रान्डको उपभोक्ता-लक्षित डिजाइनलाई पुन: एकपटक पुष्टि गरेको छ।

पर्याप्त फिचरका साथ शानदार अनुभव

भिभोको व्यक्तिगत यूजरको आवश्यकतालाई मध्यनजर गर्दै निरन्तर रुपमा अपरेटिङ सिस्टम अपग्रेड गर्ने प्रयासस्वरुप नयाँ भी२३ई फनटनचओएस १२ मा चल्दछ। भी२३ईले एक्स्टेन्डेड र्याम २.० को सहायताले ८ जीबी+ ४ जीबी थप र्याम प्रदान गर्दछ जसकारण आवश्यकता परेको बेला ४ जीबी आन्तरिक मेमोरीलाई र्यामका रुपमा प्रयोग गर्न सकिन्छ। यसबाट प्रयोगकर्ताले जुनसुकै बेला जहाँसुकै बिना रोकतोक मोबाइल चलाएको अनुभव लिन सक्दछन्।

यसअघिका जेनेरेशनका उत्पादनहरुसँग दाँज्दा ४४ वाट फास्टचार्जको अधिकतम चार्जिङ पावर ३३ प्रतिशतले बढेको छ जसले १५ मिनेटमा १ बाट ४० प्रतिशत पुर्याउने र दिनभरी प्रयोग गर्दा पनि लामो समयसम्म ब्याट्री टिक्ने सुनिश्चितता थपिएको छ।

यो ह्यान्डसेटले संगीत तथा वास्तविक ध्वनि पुन:उत्पादन (ओरिजिनल साउण्ड रिप्रडक्शन) का लागि पाएको हाइ-रेजोल्युशन सर्टिफिकेशन यसले प्रदान गर्ने हाइ-फाइ अडियो अनुभवको प्रमाण हो।

पछाडिको अल्ट्रा क्लियर नाइट क्यामरामार्फत् अँध्यारोमा पनि देख्न सकिने

नयाँ भी२३ई मा रहेको शक्तिशाली ६४ मेगापिक्सेल नाइट क्यामराले उपभोक्तालाई सम्भव भएसम्म उत्कृष्ट फोटोग्राफीको अनुभव प्रदान गर्ने भिभोको प्रतिबद्धतालाई प्रमाणित गर्दछ।

८ मेगापिक्सेलको सुपर वाइड एङ्गल तथा २ मेगापिक्सेलको म्याक्रो क्यामराको संयोजनमार्फत् यो डिभाइसले विभिन्न सेटिङमा पलहरुलाई कैद गर्न आवश्यक फरक-फरक लेन्सहरु उपलब्ध गराउँछ। यसको बोकेह फ्लेयर पोर्ट्रेटले बोकेह (ब्याकग्राउन्ड ब्लर )फोटोहरुमा फ्लेयर इफेक्ट पनि उपलब्ध गराउँछन् जसले रातको समयमा सुधारिएको पोर्ट्रेट इफेक्ट उत्पन्न गर्छन्।

प्राविधिक नवीनता तथा कलात्मक पूर्णताको संयोजनबाट भिभोले भी२३ई मार्फत् शानदार तथा सुपथ मूल्यको अद्वितीय सेल्फी फोटोग्राफीको अनुभव प्रदान गर्ने स्मार्टफोनको मागलाई सम्बोधन गरेको छ।

मूल्य तथा उपलब्धता

शक्तिशाली पर्फर्मेन्स तथा पातलो र स्टाइलिश डिजाइन भएको भिभो भी२३ई ले प्राविधिक उच्चता तथा फेशनेबल स्टाइललाई एकैठाउँमा संयोजन गरी दुवै क्षेत्रमा अब्बल अनुभव प्रदान गर्दछ।

भिभो भी सिरिजको पछिल्लो संस्करणका रुपमा रहेको भी२३ई नेपालमा १८ जनवरी अर्थात् आज सार्वजनिक भएको छ। यो डिभाइस २४ जनवरीसम्म प्रि-बूकिङका लागि उपलब्ध छ भने २५ जनवरीदेखि बिक्रीका लागि उपलब्ध हुनेछ।

यसको ८ जीबी र्याम र १२८ जीबी आन्तरिक मेमोरी भेरियन्टको ४४, ९९९ रुपैयाँ तथा ८ जीबी र्याम र २५६ जीबी आन्तरिक मेमोरी भेरियन्टको मूल्य ४९, ९९९ रुपैयाँ तोकिएको छ। यो स्टेलर स्मार्टफोनलाई उम्किन नदिनुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here