दिगो विकासतर्फ युवा उद्यमीहरुको सशक्तिकरणार्थ युथ इन्नोभेशन एक्सिलिरेशन क्याम्पका लागि ओपोद्वारा यूएनडीपीसंग सहकार्य

Oppo Partners UNDP

६ माघ २०७८, काठमाडौं ।

ओपो र द युनाइटेड नेसन्स डेभलपमेन्ट प्रोग्राम (यूएनडीपी)द्वारा सह आयोजित तथा चाइना आलियान्स अफ सोसियल भ्यालु इन्भेष्टमेन्ट (सीएएसभीआई) द्वारा समर्थित , द युथ इन्नोभेशन एक्सिलिरेशन क्याम्पको आयोजना शेन्जेनमा १४ देखि १७ डिसेम्बरमा गरिएको थियो ।

सामाजिक उद्यमीहरुलाई सशक्त बनाउने तथा लगानी, औद्योगिक र शैक्षिक संसाधन तिनको पहुँचमा पु¥याउन सघाउनुका साथै यूएन २०३०एजेन्डा फर सस्टेनेवल डेभलपमेन्ट गोल्स (एसडीजी एस)का लक्ष्य प्राप्ति उद्देश्यका साथ क्याम्पको आयोजना गरिएको थियो ।

यस बर्ष आयोजित यूथ इन्नोभेशन एक्सिलिरेशन क्याम्प विशेषतः ३ प्रमुख बिषयमा केन्द्रित रहेको थियो: पर्यावरण संरक्षण, डिजिटल समावेशिता र स्वास्थ्य तथा कल्याण (वेल बिईङ) ।

श्रृंखलाबद्धरुपमा एन्जिल– लगानी गरिएका स्र्टाटअपदेखि लिएर “ए” कोष भएकाहरु सम्म गरी समग्रमा २० युवा–नेतृत्व सहितका प्राविधिक स्टार्ट–अप्सलाई क्याम्पमा आमन्त्रित गरिएको थियो ।

क्याम्पमा औद्योगिक पार्टनर्स तथा लगानीकर्ताहरुलाई पनि ब्यापार विश्लेषण, बजारिकरण, प्रभाव वित्तपोषण र डिजाइन सोच अन्तरगतका सत्रहरुमा बोल्नका लागि आमन्त्रित गरिएको थियो ।

विभिन्न उद्यमीहरुको मागलाई आत्मसात गर्दै शिविरमा स्र्टाट–अप फेयर र वान–अन–वान मेन्टरिङ जस्ता परामर्शदायी सत्रहरु पनि समाविष्ट गरिएका थिए । यसले तिनीहरुको ब्यवसायिक मोडललाई थप विकसित गर्न मद्दत पुगेको थियो ।

शिविरको अन्तिम दिन ‘डेमो डे’को आयोजना गरिएको थियो । जस अन्तर्गत छनोटमा परेका १० स्टार्ट–अप्सले तिनका नवप्रबर्तनात्मक ब्यापार मोडल र विचार औद्योगिक पार्टनर्स तथा लगानीकर्ता माझ प्रस्तुत गरेका थिए ।

कार्यक्रम अन्तर्गत दूई सामाजिक उद्यमहरुलाई मोस्ट प्रोमिसिंग स्टार्ट–अप अवार्डबाट सम्मानित गरिएको थियो ।

शहरी जलमार्गहरुका लागि ओर्काउबोटको स्वचालित रोबोटिक्स सञ्चालन मार्फत तैरिरहेका फोहर सफाईका साथै यसको बौद्धिक मर्मत तथा ब्यवस्थापन समाधानको अभुतपूर्व कार्यकौशलका साथै यसले खर्चमा समेत ६०% कटौती दिन्छ । त्यसैगरी, ब्ल्यूविन्डले उच्च कार्वन उत्सर्जन गर्ने उद्यमहरुका लागि स्व–विकसित कार्वन नियन्त्रण प्रविधि मार्फत प्राविधिक समाधान उपलब्ध गराउँछ ।

“एसडीजीका उद्देश्य प्राप्तिका लागि हामी, सहकार्यको लामो ईतिहास बोकेका युवा र तिनका सपनाको समर्थन गर्न पाउँदा ओपो निकै गौरवान्वित छ ।

ओपोका एसोसिएट उपाध्यक्ष, हेड अफ स्ट्राटेजी एण्ड विजनेश डेभलपमेन्ट सोनिया मियाओले भने, “हाम्रो ब्राण्ड मिशन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’संग पंक्तिबद्ध ओपोले पर्यावरण सुरक्षा, यूवा सशक्तिकरण, डिजिटल समावेशिताका साथै स्वास्थ्य तथा कल्याण अन्तर्गत योगदान दिन दिगो विकासको समर्थन गरिरहेको छ । एसडीजीका लक्ष्य प्राप्त गर्ने मार्ग सहज छैन ।

यसका लागि आफ्नो जुनून अंगाल्दै, अन्वेषण गर्दै आशावादी हुँदै आत्मविश्वासका साथ अगाडी बढ्ने कार्यलाई निरन्तरता दिनु आवश्यक छ । ओपोमा हामी यस्ता मूल्य मान्यताको पूर्ण वकालत गर्छौँ । यो हाम्रो भरखरै स्थापित ब्राण्ड प्रस्ताव ‘ईन्पिरेशन अहेड’ अन्तर्गत पर्दछ ।”

“दिगो विकास लक्ष्यहरुको प्राप्तिका लागि हाम्रा साझा महत्वकांक्षालाई अगाडी बढाउन उद्यमशीलताको भावना एक अत्यावश्यक घटक हो र यसका लागि हामी सर्वाधिक रचनात्मक, बौद्धिक र साहसी युवाहरुको समर्थन गर्ने कार्यलाई निरन्तर्ता दिइरहने छौँ ”, यूएनडीपीका रेसिडेन्ट रिप्रिजेन्टेटिव इन चाइना, बेइटी ट्रयांकमानले भने ।

सीएएसभीआईका अध्यक्ष, वेइहुवा माले कार्यक्रमलाई सम्बोधन गर्दै लगानीकर्ता तथा औद्योगिक पार्टनर्सलाई संयुक्त रुपमा प्रभाव लगानी प्रवद्र्धन गर्न तथा दिगो विकासको मार्गमा रहन उद्यमहरुलाई समर्थन गर्न अनुरोध गरे । “दिगो विकास प्रवद्र्धन गर्नु उद्यमहरुको सबैभन्दा ठूलो सामाजिक उत्तरदायित्व भएको छ”, उनले भने ।

अगष्ट २०२१मा एक बर्षे पार्टनरशिपमा प्रवेश गरेदेखि ओपो र यूएनडीपीले १ मिलियन सीएनवाई (करिव १५७,००० यूएसडी) युवा नवाचार अनुदानको स्थापना र युवा उद्यमी तथा सामाजिक नवप्रबर्तकहरुलाई एसडीजीका लक्ष्य प्राप्तिका लागि समाधान उपलब्ध गराउने कार्यमा सघाउन संयुक्तरुपमा विभिन्न तवरमा कार्य गरिसकेको छ ।

उदाहरणका लागि २०२१ नेशनल डायलग चाइनाको एक पार्टनरका रुपमा ८ उल्लेखनिय उद्यमशील परियोजनाहरुका लागि ओपोले ३ लाख सीएनवाई (करिव ४६ हजार यूएसडी) ओपो ईन्नोभेशन ग्रान्ट्स प्रस्ताव गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here