काउन्टरपोइन्टका अनुसार चीनको स्मार्टफोन बजारमा भिभो शीर्ष स्थानमा

Vivo Topped China’s Smartphone Market

२१ वैशाख २०७९, काठमाडौं ।

काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स सर्भिसका अनुसार भिभो पहिलो त्रैमासिक २०२२ मा चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ ।

उक्त अवधिमा चीनको स्मार्टफोन बजारमा आएको गिरावटलाई ध्यानमा राख्दै २० प्रतिशत बजार हिस्साका साथ भिभोले पहिलो स्थान ओगटेको हो ।

यस त्रैमासिक अवधिमा भिभोको भी र वाई सिरिजको उत्पादन लाइन–अपबाट प्राप्त भएका सकारात्मक बजार प्रतिक्रियाले यस स्थान हासिल गर्न सहयोग पुर्याएको छ ।

स्मार्ट उपकरणहरू र इन्टेलिजेन्ट सेवाहरूमार्फत भिभोले बलियो गति कायम राखेको छ । काउन्टरपोइन्ट रिसर्चका अनुसार २०२१ मा चीनको स्मार्टफोन बजारमा भिभोले २२ प्रतिशतको बजार हिस्सा ओगटेको थियो ।

विश्वव्यापी विस्तारको साथ, हालसम्म, भिभोले ६० भन्दा बढी देश र क्षेत्रहरूमा आफ्नो बिक्री नेटवर्कको शाखा विस्तार गरिसकेको छ र विश्वभरका ४०० मिलियन भन्दा बढी प्रयोगकर्ताहरूले मन पराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here